सर्वोत्तम सिमेन्टको पुस २५ गतेदेखि आइपीओ जारी हुने

सर्वोत्तम सिमेन्टको पुस २५ गतेदेखि आइपीओ जारी हुने : Icon Khabar

काठमाडौं, पुस १७ । सर्वोत्तम सिमेन्ट लिमिटेडको पुस २५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । जसमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता छुट्याईएको छ ।

यस्तै, कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्ने भएको छ । सर्वोत्तमको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ ।

यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा माघ १० गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १० गतेभित्र आवेदन दिनु पर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2024
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )