सुन चाँदीको मूल्यमा वृद्धि

सुन चाँदीको मूल्यमा वृद्धि : Icon Khabar

काठमाडौं, पुस १७ ।  मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

सोमबार सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४६० रुपैयाँमा खरिद बिक्री भएको छ । सोमबार १ हजार ४५५ रुपैयाँ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2024
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने