सुन चाँदीको मूल्यमा वृद्धि

सुन चाँदीको मूल्यमा वृद्धि : Icon Khabar

काठमाडौं, पुस १७ ।  मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

सोमबार सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४६० रुपैयाँमा खरिद बिक्री भएको छ । सोमबार १ हजार ४५५ रुपैयाँ कायम भएको थियो ।

Published Date: 02 January 2024
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय