जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुग्यो

जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुग्यो : Icon Khabar

काठमाडौँ, पुस १७ । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताए।

सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्पहरू गएका थिए । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ । सोमवारदेखि जापानमा १ सय ५५ पराकम्प गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2024
Website | + posts
ताजा
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
आइतबार सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँले सस्तियो
लोकेश्वर साकोसको १८औँ वार्षिक साधारणसभा सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )