गायिका दीपा झाको एकल गीति संग्रह “झिलमिल सितारा” लोकार्पण

गायिका दीपा झाको एकल गीति संग्रह “झिलमिल सितारा” लोकार्पण : Icon Khabar

काठमाडौं, माघ ६। बिहिबार काठमाडौँ को होटल याक एण्ड यतिमा आयोजित एक समारोह बीच गायिका दीपा झाको लामो समयपछि एकल गीति संग्रह लोकार्पण भएको छ। मुम्बईको व्यस्त जीवनबाट केहि दिनका लागि नेपाल आएकी गायिका झाको एकल गीति संग्रह ‘झिलमिल सितारा’ लोकार्पण गरिएको छ ।

म्युजिक नेपालद्वारा आयोजित कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटा, गीतकार एसपी कोइराला, संगीतकार आलाेकश्री, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा तथा गायिका दीपा झाले संयुक्त रुपमा गीति एल्बम सार्वजनिक गरेका हुन् ।

एल्बममा समाबेश गरिएका आठ वटा गीतहरुमा प्रतिष्ठित संगीतकार आलाेकश्रीले संगीतबद्ध गरेका हुन् । ।गायिका दीपा झाले दुईवटा गीतमा श्रीमान् उदित नारायण झा तथा एउटा गीतमा छोरा आदित्य नारायण झासंग युगल स्वर दिएकी छिन् । उक्त एल्बम “झिलमिल सीतारा” मा एसपी कोइराला, मुकुन्दराज शर्मा, आलाेकश्री, तिर्थ श्रेष्ठ, नारायण खतिवडा, टेक तामाङ तथा अनिता प्रधानका शब्द रचना रहेको छ।

कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा, संगीतकार शम्भुजित बास्कोटा, गीतकार एसपी कोइरालाले नेपाली सांगीतिक क्षेत्रको विकासमा झा परिवारको योगदानको चर्चा गरेका थिए । ‘झिलमिल सितारा´का सम्पूर्ण गीतहरुलाई म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्दा बढी विभिन्न डिजिटल प्लेटफर्महरुमार्फत सुन्न सकिन्छ ।

कार्यक्रममा म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्माले गायिका दीपा झा र गायक उदितनारायण झाको गायन मार्फत संकलित रोयल्टी एकमुष्ट रुपमा गायिका दीपा झालाई हस्तान्तरण गरेका थिए ।

Published Date: 20 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय