गायिका दीपा झाको एकल गीति संग्रह “झिलमिल सितारा” लोकार्पण

गायिका दीपा झाको एकल गीति संग्रह “झिलमिल सितारा” लोकार्पण : Icon Khabar

काठमाडौं, माघ ६। बिहिबार काठमाडौँ को होटल याक एण्ड यतिमा आयोजित एक समारोह बीच गायिका दीपा झाको लामो समयपछि एकल गीति संग्रह लोकार्पण भएको छ। मुम्बईको व्यस्त जीवनबाट केहि दिनका लागि नेपाल आएकी गायिका झाको एकल गीति संग्रह ‘झिलमिल सितारा’ लोकार्पण गरिएको छ ।

म्युजिक नेपालद्वारा आयोजित कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटा, गीतकार एसपी कोइराला, संगीतकार आलाेकश्री, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा तथा गायिका दीपा झाले संयुक्त रुपमा गीति एल्बम सार्वजनिक गरेका हुन् ।

एल्बममा समाबेश गरिएका आठ वटा गीतहरुमा प्रतिष्ठित संगीतकार आलाेकश्रीले संगीतबद्ध गरेका हुन् । ।गायिका दीपा झाले दुईवटा गीतमा श्रीमान् उदित नारायण झा तथा एउटा गीतमा छोरा आदित्य नारायण झासंग युगल स्वर दिएकी छिन् । उक्त एल्बम “झिलमिल सीतारा” मा एसपी कोइराला, मुकुन्दराज शर्मा, आलाेकश्री, तिर्थ श्रेष्ठ, नारायण खतिवडा, टेक तामाङ तथा अनिता प्रधानका शब्द रचना रहेको छ।

कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा, संगीतकार शम्भुजित बास्कोटा, गीतकार एसपी कोइरालाले नेपाली सांगीतिक क्षेत्रको विकासमा झा परिवारको योगदानको चर्चा गरेका थिए । ‘झिलमिल सितारा´का सम्पूर्ण गीतहरुलाई म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्दा बढी विभिन्न डिजिटल प्लेटफर्महरुमार्फत सुन्न सकिन्छ ।

कार्यक्रममा म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्माले गायिका दीपा झा र गायक उदितनारायण झाको गायन मार्फत संकलित रोयल्टी एकमुष्ट रुपमा गायिका दीपा झालाई हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 January 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू