मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको विमान कोलकाता डाइभर्ट

मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको विमान कोलकाता डाइभर्ट : Icon Khabar

काठमाडौँ, माघ ६ । मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको विमान जिपिएसमा समस्या देखिएका कारण सिमराबाट भारतको कोलकाता डाइभर्ट गरेको छ । न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि उक्त समस्या भएपछि विमान कोलकाता डाइभर्ट गरिएको हो ।

निगमका एक पाइलटका अनुसार मलेसियाबाट फर्कने क्रममा उक्त विमानमा उपलब्ध दुई जिपिएसमध्ये एक जिपिएसले काम गरेको थिएन । ‘एउटा जिपिएस फेल्युर भएका कारण आरएनपी–एआर एप्रोच नगरी डाइभर्ट कोलकाता डाइभर्ट गरिएको हो।

आज बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो ।

Published Date: 20 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय