क्रिस्टियानो रोनाल्डो बिरुद्ध लियोनेल मेसी

क्रिस्टियानो रोनाल्डो बिरुद्ध लियोनेल मेसी : Icon Khabar

साउदी अरेबिया, माघ ६ । गएराती साउदी अरेबियाको किङ्ग फहद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न मैत्रीपुर्ण खेलमा पी.एस.जीले रियाद ११ लाई ५-४ गोलले पछि पार्न सफल भएको छ ।

विश्व प्रख्यात, फुटबल जगतका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी बिरुद्ध सायद यो अन्तिम खेल नहोला भन्न सक्दैन । निकै नै रोमाञ्चक खेलमा पहिलो हाफ भने २-२ को बराबरीमा टुङ्गेको थियो । खेल सुरु भएको तेस्रो मिनेटमै पी.एस.जीको लागि लियोनेल मेसीले गोल गरेका थिए । त्यसपछि केलर नाभासको फलमा पाएको पेनाल्टी सदुपयोग गर्दै रियादले खेल १-१ को बराबरीमा लान सफल भयो । रियादको लागी ३४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए ।

यसैगरि १० खेलाडीमा सिमित पी.एस.जीको लागि मार्क्विनोसले ४३ मिनेटमा गोल गर्दै २-१ को अग्रता दिलाए । खेलको ३९ औं मिनेटमा जुआन बर्नाटले रातो कार्ड खाँदै पी.एस.जी दश खेलाडीमा सिमित भयो । पहिलो हाफको अतिरिक्त समय ४५+६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरि खेल २-२ को बराबरीमा ल्याउन सफल भयो ।

दोस्रो हाफको ५३ औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै पी.एस.जीले अग्रता बढाएको थियो । पी.एस.जीको अग्रता धेरै बेर नतिक्दै ५६ औं मिनेमा रियादको लागि जाङ ह्युन-सूले गोल गर्दै खेल ३-३ मा पुर्‍याएका थिए । त्यस लगतै पी.एस.जीका लागि एमबाप्पेले ६० औं मिनेटमा पेनाल्टी मार्फत र ७८ औं मिनेटमा ह्युगो एक्टिकेले गोल गर्दै पी.एस.जीले ५-३ को अग्रता बढाउन सफल भयो । रियादको लागि अन्तिम गोल भने ब्राजीलियन खेलाडी तालिस्काले दोस्रो हाफको अतिरिक्त समय ९०+४ मिनेटमा गोल गर्दै खेल ५-४ मा अन्त्य भयो ।
क्रिस्टियानो रोनाल्डो भर्खरै साउदी अरेबियाको क्लब अल-नासरमा आबद्ध भएको थियो र उनको यो प्रथम खेल पनि हो । साउदी अरेबियन क्लब अल-नासर र अल हिलालको खेलाडीहरू मिलाएर रियाद ११ टिम बनाएको हो ।

Published Date: 20 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय