बिहिबार नेप्से परिसूचक १.९३ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक १.९३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, पुस १२ । बिहिबार नेप्से परिसूचक १.९३ अंक घटेर २०६८.९० विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३०३ स्टकको १ लाख १ हजार ५०४ पटकको कारोबारमा ४ अर्ब २९ करोड ९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ५८ हजार कित्ता शेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १४ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज शिवम् सिमेन्ट्स र घोराही सिमेन्ट्सको १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

बिहीबार १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 December 2023
Website | + posts