राष्ट्रपति पौडेल र जापानका राजदूतबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र जापानका राजदूतबीच शिष्टाचार भेट : Icon Khabar

काठमाडौं, पुस १२ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता यूताकाले शिष्टाचार भेट गरेका छन्।

बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसमक्ष जापानका राजदूत यूताकाले शिष्टाचार भेट गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

प्रवक्ता भट्टराईका अनुसार भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको बताए। साथै नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्‍याइआएको सहयोगका लागि पनि राष्ट्रपति पौडेलले धन्यवाद व्यक्त गरे।

यसैगरी, आजै राष्ट्रपतिसमक्ष थाईल्याउड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर वलीले पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहका बिच वलीले राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको प्रवक्ता भट्टराईले जानकारी दिए । उक्त अवसरमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 December 2023
Website | + posts