सामसङले ल्यायो ग्यालेक्सी ए२५ ५जि

सामसङले ल्यायो ग्यालेक्सी ए२५ ५जि : Icon Khabar

काठमाडौँ, पुस १२ । तपाईंको परिभाषामा एउटा अद्भूत स्मार्टफोन भनेको के हो ? के यसमा व्यापक Super AMOLED डिस्प्ले हुन्छ ? की यसमा ५० एमपि OIS क्यामरा छ, जसले तपाईंका सबै पलहरुलाई स्पष्ट सँग क्याप्चर गरिदिन्छ ? हुनसक्छ तपाईंले एउटा त्यस्तो शक्तिशाली प्रोसेसर सहितको सुरक्षित उप प्रणाली चाहनु भएको हो जसले तपाईंको निजी एवं संवेदनशील जानकारीहरुको सुरक्षा गरिदेओस् । साथै, निसन्देह तपाईंले अत्यन्त छिटो चार्ज हुने क्षमता भएको, र धेरै समय चलिरहने ब्याट्रीको साथ साथै लामो समयको लागि अद्यावधिक OS युक्त स्मार्टफोन चाहना राख्नु भएको छ । यदि तपाईं तपाईंको लागि अद्भूत फोनको परिभाषा त्यसरी गर्नु हुन्छ भनें स्मार्टफोन प्रविधिमा विश्वमै अग्रणी रहेको सामसङले ग्यालेक्सी ए२५ ५जिको प्रस्तुतिसंगै ती सबै आवश्यकताहरु र अझ त्यो भन्दा धेरै पूर्ति गर्ने स्मार्टफोन उपलब्ध गराएको छ ।

यो स्मार्टफोनले Full HD+ रिजोलुसन र भिजन बूस्टरका साथ ६.५ इन्चको सतहयुक्त Super AMOLED Screen प्रदान गर्दछ । ग्यालेक्सी ए२५ ५जिको अगाडी पट्टि १३ एमपिको सेल्फि क्यामरा जडित छ भनें पछाडी OIS र VDIS(EIS) युक्त ५० एमपिको मुख्य क्यामरा रहेको छ, जसले प्रयोगकर्ताहरुलाई स्थीर, धमिलोरहित फोटो र भिडियोहरु खिच्न सहयोग गर्दछ । यसका साथै यसमा ८ एमपि अल्ट्रा वाइड कयामरा र २ एमपि म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ ।

यस स्मार्टफोनमा Exynos 1280 प्रोसेसर जडित छ भनें यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध सुचारु रहन्छ । सामसङ ग्यालेक्सी ए२५ ५जि सँग सामसङ Knox Vault कोे साथ छ, जसले तपाईंको फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन दिंदैन । ग्यालेक्सी ए २५ ५जिको 5000mAh ब्याट्रीका साथ तपाईंले यो स्मार्टफोन दिनभर जति पनि चलाउन सक्नु हुनेछ र यससंगै उपलब्ध असली सामसङ २५ वाटको Type-C चार्जरको सहायताले तुरुन्तै रिचार्ज समेत गर्न सक्नु हुनेछ ।

यसका अतिरिक्त यसमा एण्ड्रोइड १४ मा आधारित One UI 6.0 मा ४ मुख्य एण्ड्रोइड OS अद्यावधिकहरु र ५ वर्षको सुरक्षात्मक अद्यावधिकहरु प्राप्त हुनेछन् । ग्यालेक्सी ए२५ ५जि दुई थरीको ८जिबि रयाम र १२८/२५६ आन्तरिक स्टोरेजमा उपलब्ध छ । यसमा माइक्रो एसडि कार्डको प्रयोग गरी थप १ टिबिसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । यो फोन गाढा नीलो, नीलो र पहेंलो गरी ३ रङ्गहरुमा पाइन्छ ।

यी सबै अद्भूत विशेषताहरुले सुसज्जित यो फोनमा अझ धेरै विशेषताहरु छन्, जस्तै Side Mounted Fingerprint sensor, Dolby Atmos वातावरणयुक्त स्टेरियो स्पिकर जसले चारै्रतिर अतुल्य ध्वनि प्रवाह र कलको दौरान अद्भूत आवाज प्रदान गर्दछ । यी सम्पूर्ण अद्भूत विशेषताहरुले भरपूर यो स्मार्टफोन हाल ८/१२८ जिबिको लागि ने.रु.४०,९९९/- र ८/२५६ जिबिको लागि ने.रु.४४,९९९/- बजार मुल्य कायम गरी एक अद्भूत स्मार्टफोनको परिभाषा दिएको छ ।

यसका अलावा देशभरका आधिकारिक सामसङ स्टोरहरुमा उपलब्ध सामसङ इन्स्टा फाइनान्समार्फत् तपाईंले शुन्य प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्ता तिरेर पनि यो नयाँ फोनलाई आफ्नो बनाउन सक्नु हुनेछ । यो प्रक्रिया झँझटरहित छ र तपाईंले एक घण्टा भित्रमा उक्त स्टोरमा सम्पूर्ण काम सकेर नयाँ ग्यालेकसी ए२५ ५जिको साथमा केही अद्भूत पलहरु सिर्जना गर्न तयार हुनु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 December 2023
Website | + posts










ताजा
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने
ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट