जाजरकोटमा त्रिपालमुनी बसेकी सुत्केरी महिलाको चिसोबाट मृत्यु

जाजरकोटमा त्रिपालमुनी बसेकी सुत्केरी महिलाको चिसोबाट मृत्यु : Icon Khabar

जाजरकोट, पुस १२ । जाजरकोटमा एक सुत्केरी महिलाको चिसोबाट मृत्यु भएको छ। जाजरकोटको कुशे गाउँपालिका-९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको मृत्यु भएको छ।

मङ्सिर १७ गते सुत्केरी भएर दुई छोरा जन्म दिएकी कल्पनाको बास त्रिपालमुनी भएपछि चिसोका कारण मृत्यु भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।

सुत्केरी कल्पना बिरामी परेपछि स्वास्थ्य चौकी पैकमा लिँदै गर्दा मृत्यु भएको अध्यक्ष बस्नेतले बताउनुभयो। कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर चर्किएपछि त्रिपालमुनी बस्दै आएपछि चिसो छेक्ने न्यानो कपडा नहुँदा, पोषिलो खानेकुरा नपाउँदा कल्पनाको मृत्यु भएको हो।

भूकम्पले घरवासबिहीन भएपछि पालमुनी रात बिताउने गरेकी कल्पनाले शिशुलाई सेकाउने आगो, पोषण युक्त खानेकुराको अभावका कारण कष्टपूर्ण जीवन बिताउनु परेको थियो।

समयमा अस्थायी आवासको व्यवस्था नगर्दा सुत्केरीको ज्यान गएको स्थानीयले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 December 2023
Website | + posts