भारतीय कम्पनीसहित थप दुई कम्पनी कालोसूचीमा

भारतीय कम्पनीसहित थप दुई कम्पनी कालोसूचीमा : Icon Khabar

काठमाडौं, पुस १२ । सरकारले आयोजनाको म्याद पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाही गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्र रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)ले बुधबार औपचारिक रुपमा यी कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयको निर्णयबमोजिम मध्य पहाडी राजमार्ग (पुष्पलाल) खण्डभित्र सञ्चालित एक कम्पनी र पोखरा नगरपालिकाको कार्यक्षेत्रमा रहेको अर्को एक कम्पनीलाई क्रमशः तीन र दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक विभागअन्तर्गतको कुश्मा, पर्वत र पोखरा महानगरपालिकाको केन्द्रीय पहाडी निर्देशनालय राजमार्ग कार्यालयको सिफारिसमा यो निर्णय भएको हो ।

कालोसूचीमा परेका कम्पनीहरूमा भारतीय नागरिक आदित्य सितानीको नेतृत्वमा रहेको एमपी सितानी एन्ड सन्स वेस्ट इन्डिया, बंगाल रहेको छ । MP/SCF/ECC JV अन्तर्गत सञ्चालित सुर्खेतको वीरेन्द्रनगरमा रहेको यो कम्पनीलाई तीन वर्षको लागि प्रतिबन्ध लगाइएको छ । साथै, सूर्या कन्स्ट्रक्सन प्रा. सूर्यबहादुर खड्काको अध्यक्षतामा सुर्खेत र इलाइट कन्स्ट्रक्सन प्रा. सुरेन्द्रराज पौडेल नेतृत्वको सुकेधारा काठमाडौं पनि तीन वर्षको प्रतिबन्धमा परेको छ ।

त्यसैगरी, भावेश बोहराको नेतृत्वमा रहेको मोरङ विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रालि दुई वर्षका लागि कालोसूचीमा परेको कम्पनीको सूचीमा परेको छ । कालोसूचीको अवधिमा यी कम्पनीहरू कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन अयोग्य छन् भनी कार्यालयले स्पष्ट रूपमा भनेको छ।

Published Date: 28 December 2023


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?