काठमाडौं, पुस १२ । सुन फेरि उच्च मूल्यको रेकर्ड बनाउन लागेको छ। बिहीबार सुन तोलाको १ लाख २२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा यो १ हजार ३ सयले बढेको हो भने गत आइतबारका तुलनामा २ हजार १ सय रुपैयाँ बढी हो।
बुधबार प्रति तोला १ लाख २० हजार ७ सय रुपैयाँ थियो। साताको प्रारम्भमा गत आइतबार र सोमबार प्रति तोला १ लाख १९ हजार ९ सयमा स्थिर रहेर कारोबार भएको थियो। त्यसमा ६ सय बढ्दा गत मंगलबार तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ थियो।
चाँदीको कारोबार मूल्य पनि बढेको छ। बुधबारका तुलनामा १५ रुपैयाँ बढेर बिहीबार प्रति तोला १४ सय ९० भएको छ। मंगलबारका तुलनामा १० रुपैयाँ घट्दा बुधबार तोलाको १४ सय ७५ रुपैयाँ थियो। गत आइतबार र सोमबार चाँदी प्रति तोला १४ सय ७५ रुपैयाँमा स्थिर रहेर कारोबार भएको थियो।
Published Date: 28 December 2023