सुनको भाउ लगातार बढदै, बिहीबार सुन तोलाको १ लाख २२ हजार रुपैयाँ कायम

सुनको भाउ लगातार बढदै, बिहीबार सुन तोलाको १ लाख २२ हजार रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, पुस १२ । सुन फेरि उच्च मूल्यको रेकर्ड बनाउन लागेको छ। बिहीबार सुन तोलाको १ लाख २२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा यो १ हजार ३ सयले बढेको हो भने गत आइतबारका तुलनामा २ हजार १ सय रुपैयाँ बढी हो।

बुधबार प्रति तोला १ लाख २० हजार ७ सय रुपैयाँ थियो। साताको प्रारम्भमा गत आइतबार र सोमबार प्रति तोला १ लाख १९ हजार ९ सयमा स्थिर रहेर कारोबार भएको थियो। त्यसमा ६ सय बढ्दा गत मंगलबार तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ थियो।

चाँदीको कारोबार मूल्य पनि बढेको छ। बुधबारका तुलनामा १५ रुपैयाँ बढेर बिहीबार प्रति तोला १४ सय ९० भएको छ। मंगलबारका तुलनामा १० रुपैयाँ घट्दा बुधबार तोलाको १४ सय ७५ रुपैयाँ थियो। गत आइतबार र सोमबार चाँदी प्रति तोला १४ सय ७५ रुपैयाँमा स्थिर रहेर कारोबार भएको थियो।

Published Date: 28 December 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर