भक्तपुरमा स्टुडेन्टस् बुक फेयर आजबाट सुरु

भक्तपुरमा स्टुडेन्टस् बुक फेयर आजबाट सुरु : Icon Khabar

भक्तपुर, माघ ५। भक्तपुर बुक क्लबको आयोजनामा आजबाट भक्तपुरको महेश्वरी बैंक्वेटमा स्टुडेन्टस् बुक फेयर सुरु भएको छ। पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित उक्त बुक फेयर सुरु भएको कुरा क्लबका अध्यक्ष दिनेश प्रधानले जानकारी दिए । पछिल्लो समयमा विद्युतीय किताबको कारण किताब किन्नेको संख्या घट्दै गएको बताए ।

आज पहिलो दिनमा बुक फेयरको व्यापार उत्साहजनक रहेको दोबिला बुक्सका सैलाज पौडेलले जानकारी दिए ।बिहान पाँच कन्या साना नानुहरुले रिबन काटेर गरेको उद्घाटन कार्यक्रममा योगेन्द्रमान बिजुक्छे, रंगकर्मी सुनिल पोखरेल र लेखिका बिना थिंगले आफ्ना पठन अनुभव सुनाए। त्यस्तै आज भएको दोस्रो अन्तरसंवाद कार्यक्रममा ५ जना युवा बहिनीहरुले आफ्नो पठन संस्कृतिको अनुभव सुनाए।

बुक फेयरको दोश्रो दिन शुक्रबार ११ बजे कविता गोष्ठीमा विद्यार्थी तथा ख्याती प्राप्त कविहरुले पनि कविता बाचन गर्ने र दिउसो २ बजे साना भाइबहिनीहरु बीच कथा वाचन हुने कार्यक्रम रहेको क्लबका अध्यक्ष दिनेश प्रधानले जानकारी दिए ।

Published Date: 19 January 2023