भक्तपुरमा स्टुडेन्टस् बुक फेयर आजबाट सुरु

भक्तपुरमा स्टुडेन्टस् बुक फेयर आजबाट सुरु : Icon Khabar

भक्तपुर, माघ ५। भक्तपुर बुक क्लबको आयोजनामा आजबाट भक्तपुरको महेश्वरी बैंक्वेटमा स्टुडेन्टस् बुक फेयर सुरु भएको छ। पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित उक्त बुक फेयर सुरु भएको कुरा क्लबका अध्यक्ष दिनेश प्रधानले जानकारी दिए । पछिल्लो समयमा विद्युतीय किताबको कारण किताब किन्नेको संख्या घट्दै गएको बताए ।

आज पहिलो दिनमा बुक फेयरको व्यापार उत्साहजनक रहेको दोबिला बुक्सका सैलाज पौडेलले जानकारी दिए ।बिहान पाँच कन्या साना नानुहरुले रिबन काटेर गरेको उद्घाटन कार्यक्रममा योगेन्द्रमान बिजुक्छे, रंगकर्मी सुनिल पोखरेल र लेखिका बिना थिंगले आफ्ना पठन अनुभव सुनाए। त्यस्तै आज भएको दोस्रो अन्तरसंवाद कार्यक्रममा ५ जना युवा बहिनीहरुले आफ्नो पठन संस्कृतिको अनुभव सुनाए।

बुक फेयरको दोश्रो दिन शुक्रबार ११ बजे कविता गोष्ठीमा विद्यार्थी तथा ख्याती प्राप्त कविहरुले पनि कविता बाचन गर्ने र दिउसो २ बजे साना भाइबहिनीहरु बीच कथा वाचन हुने कार्यक्रम रहेको क्लबका अध्यक्ष दिनेश प्रधानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0
+1
0
Published Date: 19 January 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता