एनभिएको आयोजनामा १५ लाख पुरस्कार राशीको म्याराथन हुने

एनभिएको आयोजनामा १५ लाख पुरस्कार राशीको म्याराथन हुने : Icon Khabar

काठमाडौं,माघ ५। नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को आयोजनामा माघ ७ गते झण्डै १५ लाख पुरस्कार राशीको राइट टू प्रोटिन रन नामक दौड प्रतियोगिता हुने भएको छ । प्रोटिन तथा सन्तुलित आहारको महत्व लाई आम नागरिक समक्ष उजागर गर्न एनभिएले विभिन्न विधाका दौड प्रतियोगिता गर्न लागेको हो ।
प्रोटिन बारे जनचेतना अभिवृद्धि गर्ने हेतुले शनिबार ७ बजे राइट टू प्रोटिन रनको दोस्रो संस्करण गर्न लागेको नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष शीतलकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, प्रतियोगितामा खुल्ला हाफ म्याराथान, पुरुष १० कि.मि, महिला ५ कि.मि, १२ कक्षा सम्मका विद्यार्थीका लागि ५ कि.मि पुरुष र ३ कि.मि महिला तथा फरक क्षमता भएका व्यक्तिहरूको ह्विलचियर विधाका दौड समावेश छन । अप्रतियोगीका रूपमा ३०० भोलेन्टियर दौडमा सहभागी हुने छन ।

प्रतियोगितामा सहभागिताका लागी हालसम्म ३ हजार ६०४ जनाले नामदर्ता गराएकाछन । उनीहरू ६ वर्षदेखि ७२ वर्ष उमेर समूहका भएको श्रेष्ठले जानकारी दिए । नामदर्ता समय बाँकी रहेकाले करिब ५ हजार सहभागी हुने एनभिएले अनुमान गरेको छ ।प्रतियोगितामा सहभागी खेलाडीका लागि १२ स्थानमा पानी सँगै प्राथमिक उपचारको प्रबन्ध गरिएको छ । आकस्मिक सेवाका लागि ८ एम्बुलेन्स र ३०० स्वयंसेवक खटिने श्रेष्ठले जानकारी दिए ।

नेपाल एथ्लेटिक्स एशोसियसनको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितालाई नेपाल दाना उद्योग संघ र यस अन्तर्गतका दाना उद्योगहरूको सहयोग छ । हस्पिटल पार्टनर प्रिमेरा हस्पिटल, टिकेटिङ पार्टनर इसेवा र हस्पिटालिटी पार्टनर मोरियोट होटल र फेयर फिल्ड बाइ मेरियट रहेको प्रतियोगितालाई नेपाल एथ्लेटिक एसोसिएसनले समेत मान्यता दिएको छ ।

प्रतियोगीतका लागी नामदर्ता अनलाइन बाटै गर्ने प्रबन्ध एनभिएले मिलाइएको छ । एनभिएका अध्यक्ष श्रेष्ठका अनुसार, इच्छुक व्यक्तिले इ–सेवा र फोन–पे बाट शुल्क तिरेर प्रतियोगिताका लागि नामदर्ता गराउन सक्छन ।नामदर्ताका लागि ३०० शुल्क तोकिएको र त्यस बापत सहभागीलाई टि–सर्ट र रिफ्रेसमेन्ट प्रदान गरिने श्रेष्ठले बताए ।

प्रतियोगितामा सफल प्रतियोगीलाई नगद पुरस्कार र सम्मान–पत्र सहित प्रधानमन्त्रीले सम्मान गर्ने छन । प्रतियोगितामा पाँचौं स्थान सम्म हासिल गर्ने लाई पुरस्कृत गर्ने आयोजकको तयारी छ । दौडमा कुनै स्थान नपाएका सहभागीको पनि हातखाली हुने छैन । उनीहरूलाई पनि सम्झना स्वरूप मेडल प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।

प्रोटिनको महत्व उजागर गर्न आयोजना गरिएको प्रतियोगिताको यो दोस्रो संस्करण हो । नेपाल लगायत विश्वका बालबालिका मासु, अण्डा, दूध, माछा, गेडागुडी लगायतमा पाइने प्रोटिनको अभावले कुपोषणको शिकार हुने गरेका छन । एक तथ्यांक अनुसार, नेपालमा ५ वर्षमुनिका ४० प्रतिशत बालबालिका कुपोषण बाट ग्रस्त छन् ।

श्रेष्ठका अनुसार सबै प्रतियोगिताको कुल पुरस्कार राशी कर सहित १४ लाख ८३ हजार ३३३ रूपैयाँको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार बिजेताको पुरस्कार राशी कर सहित १ लाख ३३ हजार ३३३ छ । दशरथ रंगशालाबाट सुरु हुने प्रतियोगिताका विजयीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कृत गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 January 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता