काठमाडौं महानगरपालिकाद्वारा पुस मसान्तसम्म ४३ प्रतिशत भन्दा धेरै राजस्व संकलन

काठमाडौं महानगरपालिकाद्वारा पुस मसान्तसम्म ४३ प्रतिशत भन्दा धेरै राजस्व संकलन : Icon Khabar

काठमाडौं, माघ ६। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पुस मसान्तसम्म ४३ प्रतिशत भन्दा धेरै राजस्व संकलन छ । महानगरले चालु आवको पुस मसान्तसम्म ४३ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको हो ।

महानगरले चालु आवको लागि कुल १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजश्व लक्ष्य राखेको छ । जसमध्ये पुस मसान्तसम्म ४ अर्ब ५६ करोड ६२ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन गरेको महानगरका राजश्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार महानगरले सबै भन्दा धेरै राजस्व मनोरञ्जन करबाट उठाएको छ । महानगरले मनोरञ्जन करबाट १८१.६५ प्रतिशत कर उठाएको छ ।

Published Date: 20 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न