नेपालबाट सबैभन्दा बढी गलैँचा, ऊन, जनावरको कपाल निर्यात

नेपालबाट सबैभन्दा बढी गलैँचा, ऊन, जनावरको कपाल निर्यात : Icon Khabar

काठमाडौँ, पुस ९ । भन्सार विभागका अनुसार मंसिरसम्म नेपालले ६३ अर्ब रुपैयाँ बराबरको बस्तु तथा सेवा निर्यात गर्‍यो।

चालु आर्थिक वर्षको पाँच महिनामा उक्त रकमको बस्तु तथा सेवा निर्यात हुँदा सबैभन्दा बढी गलैँचा र अन्य कपडा भुईँ कभरिङ, ऊन वा राम्रो जनावरको कपाल निर्यात भएको विभागको तथ्याङ्कमा छ।

मंसिरसम्म चार अर्ब ५३ करोड रुपैयाँ बराबरको गलैँचा र अन्य कपडा भुईँ कभरिङ, ऊन वा राम्रो जनावरको कपाल निर्यात भएको हो। जुन नेपालबाट निर्यात हुने बस्तुमा सबैभन्दा बढी हो। त्यसैगरी दोस्रोमा ठूलो अलैची परेको छ। मंसिरसम्म ३ अर्ब ९ करोड रुपैयाँ बराबरको ठूलो अलैची निर्यात भएको विभागले जनाएको छ। जुन निर्यात हुने वस्तुमा दोस्रोमा परेको छ।

पाँच महिनामा समग्र निर्यात भने घटेको छ। मंसिरसम्म ६३ अर्ब रुपैयाँको निर्यात भयो। जुन गत वर्षको सोही अवधिको तुलनामा ६.०९ प्रतिशत कम हो। गत वर्ष सोही अवधिमा ६७ अर्ब ३० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 December 2023
Website | + posts




ताजा
पोखराबाट देखिएको मनमोहक माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला ( फोटो फिचर )
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )