नेपालबाट सबैभन्दा बढी गलैँचा, ऊन, जनावरको कपाल निर्यात

नेपालबाट सबैभन्दा बढी गलैँचा, ऊन, जनावरको कपाल निर्यात : Icon Khabar

काठमाडौँ, पुस ९ । भन्सार विभागका अनुसार मंसिरसम्म नेपालले ६३ अर्ब रुपैयाँ बराबरको बस्तु तथा सेवा निर्यात गर्‍यो।

चालु आर्थिक वर्षको पाँच महिनामा उक्त रकमको बस्तु तथा सेवा निर्यात हुँदा सबैभन्दा बढी गलैँचा र अन्य कपडा भुईँ कभरिङ, ऊन वा राम्रो जनावरको कपाल निर्यात भएको विभागको तथ्याङ्कमा छ।

मंसिरसम्म चार अर्ब ५३ करोड रुपैयाँ बराबरको गलैँचा र अन्य कपडा भुईँ कभरिङ, ऊन वा राम्रो जनावरको कपाल निर्यात भएको हो। जुन नेपालबाट निर्यात हुने बस्तुमा सबैभन्दा बढी हो। त्यसैगरी दोस्रोमा ठूलो अलैची परेको छ। मंसिरसम्म ३ अर्ब ९ करोड रुपैयाँ बराबरको ठूलो अलैची निर्यात भएको विभागले जनाएको छ। जुन निर्यात हुने वस्तुमा दोस्रोमा परेको छ।

पाँच महिनामा समग्र निर्यात भने घटेको छ। मंसिरसम्म ६३ अर्ब रुपैयाँको निर्यात भयो। जुन गत वर्षको सोही अवधिको तुलनामा ६.०९ प्रतिशत कम हो। गत वर्ष सोही अवधिमा ६७ अर्ब ३० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।

Published Date: 25 December 2023




ताजा
भक्तपुरमा एक महिनामै १९४ मुद्दा दर्ता, बैंकिङ कसुर र लागूऔषध अपराध चिन्ताजनक
असार तेस्रो हप्तादेखि सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य शुरु गरिने
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर, १३१ कम्पनीका सेयरमूल्यमा गिरावट
लियोनेल मेसीः विश्वकपका कीर्तिमानहरुमा हक जमाउँदै र थप पछ्याउँदै


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न