सोमबार सुन चाँदीको भाउ स्थिर

सोमबार सुन चाँदीको भाउ स्थिर : Icon Khabar

काठमाडौं, पुस ९ । आज सुन-चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १९ हजार ३५० रुपैयाँ रहेको छ ।

यता, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ७५ रुपैयाँ कायम रहेको छ । यसअघि आइतबार पनि सुनचाँदीको भाउ सोही मूल्यमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 December 2023
Website | + posts