पहिलो पटक आफ्ना जीवनसाथीका साथ नयाँ वर्ष मनाउन लागेका बलिउड जोडीहरु

पहिलो पटक आफ्ना जीवनसाथीका साथ नयाँ वर्ष मनाउन लागेका बलिउड जोडीहरु : Icon Khabar

मुम्बई, पुस ९ । सन् २०२३ अब केहि दिनमै हामीबाट विदा हुँदैछ । २०२४ लाई स्वागत गर्न विश्व समुदाय नै तयार भैसकेको छ ।

बलिउड कलाकारहरु पनि एक हप्तापछि प्रारम्भ हुने नयाँ वर्षलाई लिएर उत्साहित भएका छन् । यहि क्रममा यस वर्ष केहि बलिउड कलाकार पहिलो पटक आफ्ना जीवनसाथीका साथ नयाँ वर्ष मनाउन लागेका छन् ।

कियारा आडावाणी र सिद्धार्थ मल्होत्रा श्रीमान्–श्रीमतीको रुपमा पहिलो पटक नयाँ वर्ष संगै मनाउँदै छन् । दुवैले २०२३ को फेब्रुअरी ७ मा लामो प्रेम सम्बन्धलाई विवाहको रुपमा दिएका थिए । उनीहरु यो वर्ष संगै नयाँ वर्षको स्वागत गर्ने जोडि मध्येका एक हुन् ।

परिणीति चोपडा र राघव चढ्डाको विवाह सन् २०२३ को सेप्टेम्बर २४ मा भएको हो । परिणीति र राघवले पहिलो पटक एक साथ नयाँ वर्ष मनाउन लागेका छन् ।

आथिया शेट्टी र केएल राहुलले पनि आफ्नो प्रेम सम्बन्धलाई २०२३ को जनवरी २३ मा विवाहमा परिणत गरेका हुन् । दुवैले श्रीमान् श्रीमतीको रुपमा २०२४ लाई एक साथ स्वागत गर्ने भएका छन् ।

स्वरा भास्कर र फहाद अहमदले २०२३ को फेब्रअरीमा राजनेता फहादसंग विवाह गरेकी हुन् । विवाहपछि यो जोडिले पनि पहिलो पटकसंगै नयाँ वर्ष मनाउँदै छन् ।

शिवलिका ओबराय र अभिषेक पाठक खुदा हाफिजमा अभिनय गरेकी शिवालिका ओबराय र निर्देशक अभिषेक पाठक पनि विवाहपछि पहिलो पटकसंगै नयाँ वर्ष मनाउने जोडिमध्येका एक हुन् । दुबैले २०२३ को फेब्रुअरी ९ मा विवाह गरेका थिए ।

Published Date: 25 December 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा