पहिलो पटक आफ्ना जीवनसाथीका साथ नयाँ वर्ष मनाउन लागेका बलिउड जोडीहरु

पहिलो पटक आफ्ना जीवनसाथीका साथ नयाँ वर्ष मनाउन लागेका बलिउड जोडीहरु : Icon Khabar

मुम्बई, पुस ९ । सन् २०२३ अब केहि दिनमै हामीबाट विदा हुँदैछ । २०२४ लाई स्वागत गर्न विश्व समुदाय नै तयार भैसकेको छ ।

बलिउड कलाकारहरु पनि एक हप्तापछि प्रारम्भ हुने नयाँ वर्षलाई लिएर उत्साहित भएका छन् । यहि क्रममा यस वर्ष केहि बलिउड कलाकार पहिलो पटक आफ्ना जीवनसाथीका साथ नयाँ वर्ष मनाउन लागेका छन् ।

कियारा आडावाणी र सिद्धार्थ मल्होत्रा श्रीमान्–श्रीमतीको रुपमा पहिलो पटक नयाँ वर्ष संगै मनाउँदै छन् । दुवैले २०२३ को फेब्रुअरी ७ मा लामो प्रेम सम्बन्धलाई विवाहको रुपमा दिएका थिए । उनीहरु यो वर्ष संगै नयाँ वर्षको स्वागत गर्ने जोडि मध्येका एक हुन् ।

परिणीति चोपडा र राघव चढ्डाको विवाह सन् २०२३ को सेप्टेम्बर २४ मा भएको हो । परिणीति र राघवले पहिलो पटक एक साथ नयाँ वर्ष मनाउन लागेका छन् ।

आथिया शेट्टी र केएल राहुलले पनि आफ्नो प्रेम सम्बन्धलाई २०२३ को जनवरी २३ मा विवाहमा परिणत गरेका हुन् । दुवैले श्रीमान् श्रीमतीको रुपमा २०२४ लाई एक साथ स्वागत गर्ने भएका छन् ।

स्वरा भास्कर र फहाद अहमदले २०२३ को फेब्रअरीमा राजनेता फहादसंग विवाह गरेकी हुन् । विवाहपछि यो जोडिले पनि पहिलो पटकसंगै नयाँ वर्ष मनाउँदै छन् ।

शिवलिका ओबराय र अभिषेक पाठक खुदा हाफिजमा अभिनय गरेकी शिवालिका ओबराय र निर्देशक अभिषेक पाठक पनि विवाहपछि पहिलो पटकसंगै नयाँ वर्ष मनाउने जोडिमध्येका एक हुन् । दुबैले २०२३ को फेब्रुअरी ९ मा विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 December 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू