काठमाडौंका विभिन्न स्थानमा आज बत्ती निभ्ने (सूची सहित)

काठमाडौंका विभिन्न स्थानमा आज बत्ती निभ्ने (सूची सहित) : Icon Khabar

काठमाडौँ, पुस ७ । काठमाडौंका विभिन्न स्थानमा आज चार घन्टादेखि साढे चार घन्टासम्म बिजुली काटिने भएको छ।

नेपाल विद्युत् प्राधिकणका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु थापाथली फिडर अन्तर्गत पर्ने थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी कार्यालय, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताल क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि त्यस क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने विद्युत सेवा अवरूद्ध हुनेछ।

त्यस्तै महाराजगञ्ज वितरण केन्द्रको शिवपूरी फिडर अन्तर्गत डाडागाउँ, पासिकोट, भष्मथली,टोखा, पंचेटार, मेगासिटी, ढलमल क्षेत्रमा पनि विद्युतीय तार भूमिगत गर्ने कामका लागि उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।

चाँडै काम सकिए निर्धारित समयअगाडि नै विद्युत् सेवा सुरू गरिने प्राधिकरणले जनाएको छ।

Published Date: 23 December 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर