एयरपोर्टमा बरामद १४ किलो सुन प्रकरणको छानबिन गर्न समिति गठन

एयरपोर्टमा बरामद १४ किलो सुन प्रकरणको छानबिन गर्न समिति गठन : Icon Khabar

काठमाडौँ, पुस ७ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको १४ किलोग्राम सुन प्रकरणको छानबिन गर्न समिति गठन भएको छ ।

भन्सार कार्यालयले भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।

कार्यालयको टोलीले गएराति फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको थियाे । घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुन बरामद गरिएको थियाे ।

पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ ।

Published Date: 23 December 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर