बढ्दो चिसोबाट बच्नका लागि यी उपायहरु अपनाउनुस: स्वास्थ्य मन्त्रालय

बढ्दो चिसोबाट बच्नका लागि यी उपायहरु अपनाउनुस: स्वास्थ्य मन्त्रालय : Icon Khabar

काठमाडौं, पुस ७ । अहिले हामी मध्य जाडोमा छौँ । चिसोबाट बच्नका लागि हामी न्यानो लुगाका साथै अन्य विभिन्न कुराहरुको प्रयोग गर्छौँ ।

शरीरलाई तातो बनाउनका लागि हामी आगो, बिजुलीको हिटर, एयर कन्डिसनजस्ता सामाग्री प्रयोग गर्छौं ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले यी सामाग्रीलाई ध्यानपूर्वक प्रयोग गरिएन भने दुर्घटना तथा जनधनको क्षति हुने भएकाले सावधानी अपनाउनका लागि आग्रह गरेको छ ।

यसका साथै मन्त्रालयले बढ्दो चिसोबाट बच्नका लागि केहि जानकारीहरुसमेत जारी गरेको छ ।

चिसोबाट बच्नका लागि न्यायो लुगा लगाउने, आगो ताप्दा विशेष ध्यान पुर्याउने ।

आगो, हिटर र बिजुलीका सामग्री काम सकिने बित्तिकै तुरुन्तै बन्द गर्ने ।

आगो, पानी तताउने, हिटर र बिजुलीको सामग्रीबाट बालबालिकालाई टाढा राख्ने ।

खाना पकाउँदा बालबालिका नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने ।

भान्छामा काम गर्दा अथवा आगो ताप्दा छिट्टै आगो टिप्ने पोलिष्टर तथा टेरिकटनका लुगा नलगाउने ।

ग्यास चुहावट भएको शंका लागेमा झ्याल ढोका खोल्ने र तुरुन्त रेगुलेटर बन्द गर्ने ।

ग्यास खुल्ला भएको अथवा चुहावट भएको समयमा सलाई, बिजुली बत्ती, टर्च, फोन आदि जस्ता प्रज्वलनशील र विधुतीय सामानहरुको प्रयोग गर्यो भने ठूलो विष्फोट हुन सक्छ । त्यसैले यस्ता कुरामा विशेष ध्यान दिनु पर्छ ।

ग्यास चूलो,पाइप र सिलिण्डरको नियमित चेकजाँच गर्ने ।

ग्यास चुलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने ।

आगो, गिजर र हिटर राम्ररी निभाएर मात्र सुत्ने ।

हावा आवतजावत नहुने कोठामा आगो बाल्दा, गिजर, हिटर चलाउदा निस्सासिएर ज्यान जान सक्ने हुँदा हावा आवतजावत हुने व्यवस्था गरेर मात्र यी कार्यहरु गर्ने ।

Published Date: 23 December 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी