बढ्दो चिसोबाट बच्नका लागि यी उपायहरु अपनाउनुस: स्वास्थ्य मन्त्रालय

बढ्दो चिसोबाट बच्नका लागि यी उपायहरु अपनाउनुस: स्वास्थ्य मन्त्रालय : Icon Khabar

काठमाडौं, पुस ७ । अहिले हामी मध्य जाडोमा छौँ । चिसोबाट बच्नका लागि हामी न्यानो लुगाका साथै अन्य विभिन्न कुराहरुको प्रयोग गर्छौँ ।

शरीरलाई तातो बनाउनका लागि हामी आगो, बिजुलीको हिटर, एयर कन्डिसनजस्ता सामाग्री प्रयोग गर्छौं ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले यी सामाग्रीलाई ध्यानपूर्वक प्रयोग गरिएन भने दुर्घटना तथा जनधनको क्षति हुने भएकाले सावधानी अपनाउनका लागि आग्रह गरेको छ ।

यसका साथै मन्त्रालयले बढ्दो चिसोबाट बच्नका लागि केहि जानकारीहरुसमेत जारी गरेको छ ।

चिसोबाट बच्नका लागि न्यायो लुगा लगाउने, आगो ताप्दा विशेष ध्यान पुर्याउने ।

आगो, हिटर र बिजुलीका सामग्री काम सकिने बित्तिकै तुरुन्तै बन्द गर्ने ।

आगो, पानी तताउने, हिटर र बिजुलीको सामग्रीबाट बालबालिकालाई टाढा राख्ने ।

खाना पकाउँदा बालबालिका नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने ।

भान्छामा काम गर्दा अथवा आगो ताप्दा छिट्टै आगो टिप्ने पोलिष्टर तथा टेरिकटनका लुगा नलगाउने ।

ग्यास चुहावट भएको शंका लागेमा झ्याल ढोका खोल्ने र तुरुन्त रेगुलेटर बन्द गर्ने ।

ग्यास खुल्ला भएको अथवा चुहावट भएको समयमा सलाई, बिजुली बत्ती, टर्च, फोन आदि जस्ता प्रज्वलनशील र विधुतीय सामानहरुको प्रयोग गर्यो भने ठूलो विष्फोट हुन सक्छ । त्यसैले यस्ता कुरामा विशेष ध्यान दिनु पर्छ ।

ग्यास चूलो,पाइप र सिलिण्डरको नियमित चेकजाँच गर्ने ।

ग्यास चुलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने ।

आगो, गिजर र हिटर राम्ररी निभाएर मात्र सुत्ने ।

हावा आवतजावत नहुने कोठामा आगो बाल्दा, गिजर, हिटर चलाउदा निस्सासिएर ज्यान जान सक्ने हुँदा हावा आवतजावत हुने व्यवस्था गरेर मात्र यी कार्यहरु गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 December 2023
Website | + posts