नेपाल बैंकको सीईओ पदका लागि पाँच जनाको नाम छनोट

नेपाल बैंकको सीईओ पदका लागि पाँच जनाको नाम छनोट : Icon Khabar

काठमाडौं, पुस २ । नेपाल बैंक लिमिटेडले खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति प्रक्रिया सम्पन्न गर्ने भएको छ ।

खुला आवेदनहरूको समीक्षा पछि, पाँच व्यक्तिहरूलाई उनीहरूको व्यावसायिक कार्य योजनाहरू प्रस्तुत गर्न र अन्तर्वार्ता लिन चयन गरिएको सञ्चालक समितिको सचिवालयले जनाएको छ । सबै पाँच उम्मेदवारको अन्तर्वार्ता यही पुस ४ गते हुने भएको छ ।

अन्तर्वार्ताका लागि छनोट हुनेमा अशोककुमार पौडेल, तिलकराज पाण्डे, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टलाई आ–आफ्नो पेशागत कार्ययोजनासहित सहभागी हुन सूचित गरिएको छ ।

बैंकले खुल्ला प्रतियोगिता मार्फत असोज २१ गते दरखास्त आह्वान गरी सीईओ छनोट प्रक्रिया सुरु गरेको हो ।

Published Date: 18 December 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड