आज हुने त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहले विश्व रेकर्ड राख्ने दाबी

७३ हजार बढी विद्यार्थी दीक्षित हुने

आज हुने त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहले विश्व रेकर्ड राख्ने दाबी : Icon Khabar

काठमाडौं, पुस २ । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित रंगशालामा ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए ।

त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ रंगशालामा हुने समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी संख्या भने साढे १२ हजार रहेको रजिष्ट्रार दाहालले बताए ।

विद्यार्थीको अभिभावकसहित समारोहमा करिब २८ हजार संख्यामा उपस्थित हुने अनुमान छ । पुलचोक इन्जिनियरिङ कलेजमा हुँदै आएको दीक्षान्त समारोह यो वर्ष भने दशरथ रंगशालामा हुन लागेको हो ।

आज हुने दीक्षान्त समारोहलाई त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड हुने दाबी गरेको छ । विश्वमा नै एकैपटक धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’मा आवेदन दिएको छ ।

त्यसका लागि ‘गिनीज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिहरू पनि काठमाडौं आइपुगेका छन् ।

Published Date: 18 December 2023




ताजा
भक्तपुरमा अन्तर–वडा फुटसल प्रतियोगिताको रोमाञ्चक प्रतिस्पर्धा जारी, आज अपरान्ह तीन खेल हुने
सोमबार सुनको भाउ बढ्यो
धुलिखेल अस्पतालमा सेवाग्राहीको आक्रोश : सर्भर डाउन हुँदा ३ घण्टादेखि सेवा प्रभावित
तीन प्रदेशमा बदली र वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा तातो हावाको जोखिम




ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य