स्पानिस ला लिगामा रियल मड्रिडद्वारा भियारियाल ४-१ ले पराजित

स्पानिस ला लिगामा रियल मड्रिडद्वारा भियारियाल ४-१ ले पराजित : Icon Khabar

काठमाडौं, पुस २ । स्पानिस ला लिगामा रियल मड्रिडले भियारियाललाई ४-१ ले पराजित गरेको छ । यस जितपछि रियल जिरोनालाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियलका लागि जुड बेलिङघमले २५औं, रोड्रिगोले ३७औं, ब्राहिम डियाजले ६४औं र लुका मोडरिचले ६८औं मिनेटमा गोल गरे ।

भियारियालका लागि जे मोरालेसले ५४औं मिनेटमा एक गोल फर्काए ।

जितपछि रियल १७ खेलबाट ४२ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो । रियलले एक खेल कम खेलेको जिरोनालाई १ अंककले पछि पारेको छ । जिरोना १६ खेलबाट ४१ अंकसहित दोस्रोमा छ ।

Published Date: 18 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु