बिजुलीबाट चल्ने सार्वजनिक सवारी साधनको भाडा निर्धारण गर्न यातायात विभाग अन्योलमा

बिजुलीबाट चल्ने सार्वजनिक सवारी साधनको भाडा निर्धारण गर्न यातायात विभाग अन्योलमा : Icon Khabar

काठमाडौं, पुस १ । यातायात व्यवस्था विभाग विद्युतीय सार्वजनिक सवारी साधनको भाडा निर्धारणमा अन्योलमा परेको छ ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले केका आधारमा भाडा निर्धारण गर्ने भन्ने स्पष्ट नभएको बताए । यस विषयमा विभागमा भएको छलफल पनि निष्कर्षमा पुग्न नसकेको उनले बताए ।

“विद्युतीय सवारीको सञ्चालन लागत कम छ, तर प्रारम्भिक खरिद मूल्य उच्च छ। त्यसैले हामी अन्योलमा छौं,’ महानिर्देशक रिजालले भने ।

विद्युतीय सवारीसाधनको सञ्चालनको इतिहास तुलनात्मक रूपमा छोटो भएकाले भाडा संरचनाबारे कुनै निर्णय हुन नसकेको उनले बताए ।

‘हामीलाई थाहा छैन विद्युतीय सवारी साधन कहिलेसम्म चल्छन् । अर्को पाँचदेखि दश वर्षभित्र गाडी बिग्रिएमा वा ब्याट्री बदल्नुपर्ने भएमा खरिदकर्ताहरू निराश हुन्छन्। गाडी बिग्रिएपछि मर्मत गर्न कति खर्च लाग्छ भन्ने यकिन छैन । विश्वव्यापी रूपमा विद्युतीयबाट हाइड्रोजन सवारीसाधनमा सर्ने चर्चा छ,’ रिजालले भने । “यदि कार निर्माण कम्पनीले बिजुलीबाट हाइड्रोजनमा सर्छ भने के हुन्छ?” उनले प्रश्न गरे ।

अहिलेको अवस्थामा विद्युतीय सवारीका लागि छुट्टै भाडा तोक्न नसकिने उनले स्पष्ट पारे ।

तर, सरकारले विद्युतीय सवारीको भाडा तोक्न नचाहेको निजी क्षेत्रको आरोप छ ।

निजी क्षेत्रका सरोकारवालाहरुले सरकारले विद्युतीय सवारीको भाडा निर्धारणमा लापरवाही गरेको आरोप लगाउँदै सरकार सरोकारवालासँग वार्ता गर्न नचाहेको बताउँछन् ।

“विभागले सरोकारवालाहरूसँग कुरा गर्दैन। बैठक बस्नकै लागि विभिन्न संघसंस्थासँग भेटघाट हुने गरेको छ । हामीसँग छलफल नगरी हाम्रो गाडीको बारेमा कसरी थाहा हुन्छ ?,’ सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले प्रश्न गरे ।

सरकारले सरोकारवालासँग छलफल गरे विद्युतीय सवारीको भाडा निर्धारणमा कुनै समस्या नहुने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 December 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने