बिजुलीबाट चल्ने सार्वजनिक सवारी साधनको भाडा निर्धारण गर्न यातायात विभाग अन्योलमा

बिजुलीबाट चल्ने सार्वजनिक सवारी साधनको भाडा निर्धारण गर्न यातायात विभाग अन्योलमा : Icon Khabar

काठमाडौं, पुस १ । यातायात व्यवस्था विभाग विद्युतीय सार्वजनिक सवारी साधनको भाडा निर्धारणमा अन्योलमा परेको छ ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले केका आधारमा भाडा निर्धारण गर्ने भन्ने स्पष्ट नभएको बताए । यस विषयमा विभागमा भएको छलफल पनि निष्कर्षमा पुग्न नसकेको उनले बताए ।

“विद्युतीय सवारीको सञ्चालन लागत कम छ, तर प्रारम्भिक खरिद मूल्य उच्च छ। त्यसैले हामी अन्योलमा छौं,’ महानिर्देशक रिजालले भने ।

विद्युतीय सवारीसाधनको सञ्चालनको इतिहास तुलनात्मक रूपमा छोटो भएकाले भाडा संरचनाबारे कुनै निर्णय हुन नसकेको उनले बताए ।

‘हामीलाई थाहा छैन विद्युतीय सवारी साधन कहिलेसम्म चल्छन् । अर्को पाँचदेखि दश वर्षभित्र गाडी बिग्रिएमा वा ब्याट्री बदल्नुपर्ने भएमा खरिदकर्ताहरू निराश हुन्छन्। गाडी बिग्रिएपछि मर्मत गर्न कति खर्च लाग्छ भन्ने यकिन छैन । विश्वव्यापी रूपमा विद्युतीयबाट हाइड्रोजन सवारीसाधनमा सर्ने चर्चा छ,’ रिजालले भने । “यदि कार निर्माण कम्पनीले बिजुलीबाट हाइड्रोजनमा सर्छ भने के हुन्छ?” उनले प्रश्न गरे ।

अहिलेको अवस्थामा विद्युतीय सवारीका लागि छुट्टै भाडा तोक्न नसकिने उनले स्पष्ट पारे ।

तर, सरकारले विद्युतीय सवारीको भाडा तोक्न नचाहेको निजी क्षेत्रको आरोप छ ।

निजी क्षेत्रका सरोकारवालाहरुले सरकारले विद्युतीय सवारीको भाडा निर्धारणमा लापरवाही गरेको आरोप लगाउँदै सरकार सरोकारवालासँग वार्ता गर्न नचाहेको बताउँछन् ।

“विभागले सरोकारवालाहरूसँग कुरा गर्दैन। बैठक बस्नकै लागि विभिन्न संघसंस्थासँग भेटघाट हुने गरेको छ । हामीसँग छलफल नगरी हाम्रो गाडीको बारेमा कसरी थाहा हुन्छ ?,’ सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले प्रश्न गरे ।

सरकारले सरोकारवालासँग छलफल गरे विद्युतीय सवारीको भाडा निर्धारणमा कुनै समस्या नहुने उनको दाबी छ ।

Published Date: 17 December 2023


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी