पुस महिनाका लागि बैंकहरुले घटाए ब्याजदर

पुस महिनाका लागि बैंकहरुले घटाए ब्याजदर : Icon Khabar

काठमाडौं, पुस १ । वाणिज्य बैंकहरुले पुस महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।

सञ्चालनमा रहेका २० मध्ये १८ वटा बैंकले पुसका लागि ब्याजदर घटाएका हुन् । प्रभु र सानिमाले भने मंसिर महिनाकै ब्याजदर यथावत राखेका छन् ।

औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर पुस महिनाका लागि ८.९९ प्रतिशत भएको छ । मंसिरमा ९.६१ प्रतिशत रहेको छ । औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.६२ विन्दुले घटको छ ।

तथ्यांक अनुसार प्राइम कमर्सियल बैंकले सबैभन्दा धेरै १० प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, एभरेष्टले भने सबैभन्दा कम ८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

Published Date: 17 December 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु