पुस महिनाका लागि बैंकहरुले घटाए ब्याजदर

पुस महिनाका लागि बैंकहरुले घटाए ब्याजदर : Icon Khabar

काठमाडौं, पुस १ । वाणिज्य बैंकहरुले पुस महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।

सञ्चालनमा रहेका २० मध्ये १८ वटा बैंकले पुसका लागि ब्याजदर घटाएका हुन् । प्रभु र सानिमाले भने मंसिर महिनाकै ब्याजदर यथावत राखेका छन् ।

औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर पुस महिनाका लागि ८.९९ प्रतिशत भएको छ । मंसिरमा ९.६१ प्रतिशत रहेको छ । औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.६२ विन्दुले घटको छ ।

तथ्यांक अनुसार प्राइम कमर्सियल बैंकले सबैभन्दा धेरै १० प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, एभरेष्टले भने सबैभन्दा कम ८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 December 2023
Website | + posts