भक्तपुर, मंसिर ३० । आइकन मिडिया हाउस प्रा.लि र नेपाली अनलाइन समाचार पोर्टल आइकन खबर डटकमको प्रथम वार्षिकोत्सव आज एक संमारोह बीच सम्पन्न भएको छ।

भक्तपुरको होटल सिटि गाउँ मा भएको सो समारोहमा आइकन मिडिया हाउस प्रा. लि .संचालन भएको एक बर्ष पूरा भएको अवसरमा कम्पनीले एक बर्ष भरि गरेका विभिन्न गतिविधि र कम्पनीले प्रदान गरिरहेका विभिन्न सेवाहरुको बारेमा कम्पनीका अध्यक्ष किरण सुवालले प्रस्तुत गरेका थिए।
कम्पनीद्वारा संचालित नेपाली अनलाइन समाचार पोर्टल आइकन खबर डटकमको एक बर्षको यात्राका बारे पनि प्रस्तुतिमा जोड दिएका थिए। सो समाचार पोर्टलले सम्प्रेषण गरिरहेका विभिन्न क्षेत्रका समाचारले लक्षित वर्गमा पारेको प्रभावको तथ्यांक प्रस्तुत गरेका थिए।

सो वार्षिकोत्सव समारोहमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धर, भक्तपुर चेम्बर अफ कर्मर्सका अध्यक्ष कविदास धौबजि श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम कृष्ण खर्बुजा, संस्थागत विद्यालय संघ नेपालका केन्द्रिय अध्यक्ष प्रेमजन थापा श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा सहकारी संघ लि का अध्यक्ष कृष्ण गोविन्द लाखाजु, संस्कृतिविद ओम धौभडेल लगायतका अतिथिले आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा लायन्स इन्टरनेसनल नेपालका गोकुल प्रसाद प्रजापति, स्काई होल्डिङ्ग्स विजनेस ग्रुपका अध्यक्ष कृष्ण प्रसाद अवाल, प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबंजा श्रेष्ठ, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खडका, शिक्षासेवी महेन्द्रगोपाल कर्माचार्य, वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेल, नेपालकी प्रथम महिला धिमे वादक इन्दिरा लाछिमस्यु, भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष लक्ष्मी प्रसाद गोरा, भक्तपुर इट्टा उद्योग व्यवसायी संघका उपाअध्यक्ष आशा काजी त्वानाबासु, भक्तपुर टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष गणेश गोसाई, भक्तपुर होटल एसोसिएसनका अध्यक्ष सत्य राम सुवाल, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष गङ्गाराम मानन्धर, भक्तपुर सुन चाँदी व्यवसायी संघका अध्यक्ष प्रदिप रत्न शाक्य, पतंजली योग समितिका कृष्णराम गणेश, भक्तपुर निर्माण सामग्री ब्यापार संघका अध्यक्ष सिद्धि नारायण आचार्य, भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रविन शाही, ब्लड डोनर्स एसोसियसन नेपाल भक्तपुरका अध्यक्ष रुकेश रंजित लगायतका विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा आइकन खबर डटकमका लागि वर्षभरि विज्ञापन उपलब्ध गराउने संस्थाहरु पुरू प्लास्टिक मेटेरियल्स भक्तपुर, ग्लोबल मार्क एजुकेशन प्रालि कुमारीपाटि, ललितपुर र गुडविल कसल्टेन्सि प्रा लि काठमाडौँलाई कदर पत्र वितरण गरेको थियो। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने संस्था मन्टेश्वरी एजुस्केशन स्कुल सुर्यविनायक, भक्तपुर र जिरो वान स्टुडियो राधे राधे भक्तपुरलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
आइकन मिडिया हाउस प्रा लिका प्रबन्ध निर्देशक अमित श्यामाले अतिथिहरुलाई विशेष स्वागत स्वरूप खादा लगाई दिएका थिए भने कार्यक्रमको संचालन पलिस्था रंजितकारले गरेकी थिईन्।
Published Date: 16 December 2023