तिहारको अवसरमा ‘पाँच पाण्डव’ आजदेखि देशभर प्रदर्शनमा

तिहारको अवसरमा ‘पाँच पाण्डव’ आजदेखि देशभर प्रदर्शनमा : Icon Khabar

काठमाडौं, कार्तिक २० । तिहारको पहिलो दिन धनतेरसको अवसर पारेर नेपाली फिल्म ‘पाँच पाण्डव’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ। प्रदर्शनबारे अन्योल देखिएपछि निर्माण पक्षले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै फिल्म प्रदर्शन हुने पुष्टि गरेको थियो।

विवाद र चर्चाबीच प्रदर्शनमा आएको फिल्मले कुनै पनि धर्म, धार्मिक आस्था, संस्कृति वा धार्मिक स्थलमा चोट पुर्‍याउने उद्देश्य नराखेको निर्माण पक्षले स्पष्ट पारेको छ। सबै धर्म तथा समुदायको आस्थाप्रति सम्मान रहेको जनाउँदै फिल्मलाई सकारात्मक दृष्टिकोणबाट हेरिदिन निर्माण टिमले दर्शकसँग आग्रह गरेको छ।

निर्देशक वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म सामाजिक कथावस्तुमा आधारित छ। लेखक सुशील पौडेलका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र तथा विम्बमार्फत समकालीन नेपाली समाज, मानवीय स्वभाव र सामाजिक सम्बन्धलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको छ। कथा, पटकथा तथा संवाद पनि पौडेलकै रहेको छ।

फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको मुख्य भूमिका छ। साथै दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेलको पनि अभिनय रहेको छ।

काली रानी फिल्मस्को ब्यानरमा निर्मित फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन्। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने बुकिङ बुधबारदेखि खुला गरिएको थियो।

तिहारको बिदालाई लक्षित गर्दै प्रदर्शनमा आएको ‘पाँच पाण्डव’ले दर्शकको कस्तो साथ पाउँछ र यसले उठाएको सामाजिक विषयवस्तुले कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

Published Date: 06 November 2026
Website | + posts




















ताजा
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा आमनेसामने
तिहारको अवसरमा ‘पाँच पाण्डव’ आजदेखि देशभर प्रदर्शनमा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक