काठमाडौँ महानगरमा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक नलगाउन उच्च अदालत पाटनको आदेश

काठमाडौँ महानगरमा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक नलगाउन उच्च अदालत पाटनको आदेश : Icon Khabar

काठमाडौं, मंसिर २९ । काठमाडौँ महानगरमा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ।

उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

‘महानगरको स्वास्थ्य विभागले जारी गरेको सूचनाले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति हुन सक्ने अवस्था देखिएको छ,’ अन्तरिम आदेशमा भनिएको छ।

काठमाडौं महानगरको सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णयविरुद्द श्रीराम टोवागो उद्योगले मुद्दा हालेको थियो।

Published Date: 15 December 2023