सिरीन केनमा लोक तथा राष्ट्रिय नृत्य प्रतियोगिता सम्पन्न

सिरीन केनमा लोक तथा राष्ट्रिय नृत्य प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर ३० । निजी विद्यालयहरुको छाता संगठन WE CAN NEPAL अन्तर्गतका सदस्य विद्यालयहरुको “लोक तथा राष्ट्रिय नृत्य प्रतियोगिता सिरीन केन इङलिस स्कुल झौखेलमा सम्पन्न भयो ।

बागमती प्रदेश सांसद सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रुबि भ्याली स्कुलका प्रिन्सिपल रन्न राई , सिरीन केन इङलिश स्कुलका प्रबन्ध निर्देशक कमल सुवाल, पाथीभरा एकेडेमीका प्रिन्सिपल रमेश सिटौला, सरस पाठसालाका डाइरेक्टर इन्द्र खाइतु, क्रियटिभ इङलिश स्कुलका डाइरेक्टर विश्वराम दुवाल, माम्ति नेशनल स्कुलका प्रिन्सिपल सरोज सुवाल तथा निर्णायक मण्डलमा श्री सुभाष बुढाथोकी र प्रतिमा कार्की उपस्थित थिए ।

प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीहरु पढाईको साथसाथै अन्य अतिरीक्त क्रियाकलापमा पनि संगसंगै अगाडि लानु पर्ने र व्यवहारीक ज्ञान पनि हासिल गर्नु पर्ने बताए।

उक्त कार्यक्रममा सिनियर तर्फ सिरीन केन इङलिश स्कुल प्रथम , पाथीभरा एकेडेमी दोश्रो तथा क्रियटिभ इङलिश स्कुल तेश्रो हुन सफल भए।

साथै जुनियर तर्फ क्रियटिभ इङलिश स्कुल प्रथम, सिरीन केन इङलिश स्कुल दोश्रो तथा सरस पाठसाला तेश्रो हुन सफल भए । रुभीभ्याली स्कुल र माम्ती नेसनल स्कुलले सान्तोना पुरस्कार प्राप्त गरे ।

रुविभ्याली स्कुलका प्रिन्सिपल रत्न राईको सभापतित्वमा भएको कार्यक्रममा सिरीन केन इङलिश स्कुलका प्रबन्ध निर्देशक कमल सुवालले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रमको संचालन पाथिभरा एकेडेमीका प्रिन्सिपल रमेश सिटौलाले गरेका थिए।

Published Date: 16 December 2023
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय