विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’

विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’ : Icon Khabar

काठमाडौं, कार्तिक १९ । नेपाली चलचित्रकी चर्चित अभिनेत्री प्रियंका कार्कीले समुद्री तटमा खिचिएका केही आकर्षक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। अभिनेत्री कार्कीले आफ्नो आधिकारिक फेसबुकमार्फत विकिनीमा सजिएका तस्बिरहरू पोस्ट गर्दै समुद्री किनारप्रतिको आफ्नो मोह व्यक्त गरेकी हुन्।

उनले तस्बिरसँगै लेखेकी छन्, ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ ।’

समुद्री तटको पृष्ठभूमिमा खिचिएका उनका तस्बिरले सामाजिक सञ्जालमा ध्यान खिचेका छन्। प्रियंकाको यो पोस्टले उनको घुमफिरप्रतिको रुचि र समुद्री किनारसँगको आत्मीयतालाई झल्काएको छ।

नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय, व्यक्तित्व र सक्रियताका कारण चर्चामा रहने प्रियंका सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन्। उनी आफ्ना व्यक्तिगत जीवन, पारिवारिक पल, घुमफिर तथा चलचित्रसम्बन्धी गतिविधिहरू नियमित रूपमा फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै आएकी छन्।

समुद्री तटबाट सार्वजनिक उनका पछिल्ला तस्बिरले अभिनेत्रीको सुन्दर र रमाइलो पललाई प्रस्तुत गरेका छन्।

Published Date: 05 November 2026
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक