भोलि निष्ठानन्द बज्राचार्यको १६७ औं जन्म जयन्तिको अवसरमा काठमाडौँमा दीप प्रज्वलन हुने

भोलि निष्ठानन्द बज्राचार्यको १६७ औं जन्म जयन्तिको अवसरमा काठमाडौँमा दीप प्रज्वलन हुने : Icon Khabar

काठमाडौँ, मंसिर २९ । नेपालभाषा पुनर्जागरण कालका प्रमुख लेखक मध्ये एक निष्ठानन्द बज्राचार्यको १६७ औं जन्म जयन्तिको अवसरमा भोलि शनिबार काठमाडौँमा दीप प्रज्वलन गर्ने भएको छ।

बज्राचार्य क्लबले आयोजना गर्न लागेको उक्त कार्यक्रम काठमाडौँको न: बही, ओमबाहामा अपरान्ह ५:३० बजे सो दीप प्रज्वलन कार्यक्रम हुन लागेको कुरा बज्राचार्य क्लबका महा सचिव अल्बर्ट बज्राचार्यले आइकन खबरलाई जानकारी दिए।

निष्ठानन्द बज्राचार्यको बारे

निष्ठानन्द बज्राचार्य नेपालभाषा पुनर्जागरण कालका प्रमुख लेखक मध्ये एक हुन्। उनलाई नेपालभाषा वाङ्मयमा गद्यगुरु र पुनर्जागरणकालका चार खम्ब (प्यम्ह थां) मध्ये एकका रूपमा लिइने गरिन्छ। खानी विशेषज्ञ देवराज शाक्यको संगत भएका शिक्षित वैज्ञानिक एवं प्राविधिज्ञमा काठमाडौंका पण्डित निष्ठानन्द बज्राचार्य पनि थिए।

निष्ठानन्द बज्राचार्यले नेपालमा पहिलोपटक हातेप्रेस अर्थात् लिथो मेसिन निर्माण गरेका थिए। उनले वि.सं. १९६७-६८ तिर निर्माण गरेको उक्त लिथो मेसिन कन्तुर आकारको थियो। त्यसमा कम्पोज गरिएको अक्षर राखी रोलरले मसी दली त्यसमाथि कागज राखेर छापिन्थ्यो। नेपाल भाषामा लिखित आफ्नो गद्यग्रन्थ ‘ललित विस्तार’ मुद्रण गर्ने इच्छाअनुसार कलकत्ता गएर अक्षर छाप्ने टाइप किनेर उनले यो मेसिन आप्नै बुद्धिवर्कत लगाएर बनाएका थिए।

छापाखानाको स्थापना र पुस्तकको प्रकाशनबिना साँस्कृतिक सामाजिक, धार्मिक ज्ञानको प्रचार-प्रसार हुनसक्दैन भन्ने ठानेर आफ्नो अदम्य साहस, उत्साह र जाँगरको बल लिथोमेसिन बनाएर उनले एकातिर आफ्नो प्राविधिक क्षमताको परिचय दिए भने अर्कोतिर उनले नेपाल भाषा र बौद्धधर्मको जागरणमा ठूलो योगदान दिए। उनले ठूलो साहसका साथ नेपाल भाषाका रचना लेख्ने, छाप्ने र प्रचार-प्रसार गर्ने कार्य गर्दै आफ्नो जीवन बिताए।

Published Date: 15 December 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न