पोखराको मणिपाल अस्पतालबाट हराएका बिरामी मृत फेला

पोखराको मणिपाल अस्पतालबाट हराएका बिरामी मृत फेला : Icon Khabar

काठमाडौं, मंसिर २९ । पोखराको मणिपाल अस्पतालबाट हराएका बिरामी मृत फेला परेका छन्।

सोमबार तनहुँ घर भइ पोखरा महानगरपालिका–१६ लामाचौर बस्दै आएका १९ वर्षीय संगम विष्ट मणिपाल शिक्षण अस्पतालबाट हराएका थिए। ज्वरो सम्बन्धी बिरामी भएर अस्पतालमा उपचाररत मिश्र उनका बुबा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला हराएका थिए।

छोरा हराएपछि हरिप्रसादले प्रहरीमा खबर गरेका थिए। वप्रका बगरबाट खटिएको प्रहरीले खोजतलास गर्दा मिश्रको शव पोखरा–१६ दिपस्थित ड्यामसमेत खोलेर खोजी गर्दा दिउँसो साढे तीन बजे पोखरा–३ मा रहेको नदीपुरस्थित सेती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको हो।

यस्तै मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा उनले लगाएको कपडा र आइडी कार्ड फेला परेको थियो। त्यसपछि मात्र खोजी टोली नदीपुरतर्फ गएको थियो।

शवलाई मणिपाल अस्पताल पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 December 2023
Website | + posts