पोखराको मणिपाल अस्पतालबाट हराएका बिरामी मृत फेला

पोखराको मणिपाल अस्पतालबाट हराएका बिरामी मृत फेला : Icon Khabar

काठमाडौं, मंसिर २९ । पोखराको मणिपाल अस्पतालबाट हराएका बिरामी मृत फेला परेका छन्।

सोमबार तनहुँ घर भइ पोखरा महानगरपालिका–१६ लामाचौर बस्दै आएका १९ वर्षीय संगम विष्ट मणिपाल शिक्षण अस्पतालबाट हराएका थिए। ज्वरो सम्बन्धी बिरामी भएर अस्पतालमा उपचाररत मिश्र उनका बुबा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला हराएका थिए।

छोरा हराएपछि हरिप्रसादले प्रहरीमा खबर गरेका थिए। वप्रका बगरबाट खटिएको प्रहरीले खोजतलास गर्दा मिश्रको शव पोखरा–१६ दिपस्थित ड्यामसमेत खोलेर खोजी गर्दा दिउँसो साढे तीन बजे पोखरा–३ मा रहेको नदीपुरस्थित सेती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको हो।

यस्तै मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा उनले लगाएको कपडा र आइडी कार्ड फेला परेको थियो। त्यसपछि मात्र खोजी टोली नदीपुरतर्फ गएको थियो।

शवलाई मणिपाल अस्पताल पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Published Date: 15 December 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न