यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्कने

यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्कने : Icon Khabar

काठमाडौँ, मंसिर २७ । यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।

टोली बुधबार राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ । एसिया कपमा तीन ओटा खेल खेलेको नेपालले सबैमा पराजय भोगेको थियो । नेपालले यु–१९ एसिया कपको समूह ए मा टेष्ट मान्यता प्राप्त टोली भारत, पाकिस्तान र अफगानस्तानसँग खेलेको थियो ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट, दोस्रो खेलमा अफगानस्तानसँग ७३ रन र मंगलबार भारतसँगको अन्तिम खेलमा १० विकेटले पराजित भएको थियो । तीनवटै खेलमा हार ब्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

Published Date: 13 December 2023


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड