काठमाडौँ, मंसिर २७ । यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।
टोली बुधबार राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ । एसिया कपमा तीन ओटा खेल खेलेको नेपालले सबैमा पराजय भोगेको थियो । नेपालले यु–१९ एसिया कपको समूह ए मा टेष्ट मान्यता प्राप्त टोली भारत, पाकिस्तान र अफगानस्तानसँग खेलेको थियो ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट, दोस्रो खेलमा अफगानस्तानसँग ७३ रन र मंगलबार भारतसँगको अन्तिम खेलमा १० विकेटले पराजित भएको थियो । तीनवटै खेलमा हार ब्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
Published Date: 13 December 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1