अर्थतन्त्र सुधारतर्फ अघि बढ्यो: अर्थमन्त्री डा. महत

अर्थतन्त्र सुधारतर्फ अघि बढ्यो: अर्थमन्त्री डा. महत : Icon Khabar

काठमाडौँ, मंसिर २७ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछि शेयर बजारमा देखिएकाे दुविधा हटेको बताएका छन् । पछिल्लो केही दिनदेखि बढ्दै गएको शेयर बजारको बढाइले त्यो दुविधा हटेको प्रष्ट भएको अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले बताएका हुन्।

अर्थ मन्त्रालय र राष्ट्रबैंक बीच निरन्तरको छलफल र समन्वयबाट मौद्रिक नीतिलाई थप खुकुलो बनाउँदै लगिएको बताउँदै उनले समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको बताए ।

मौद्रिक नीतिको समीक्षामा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय संस्थामा सकारात्मक प्रभावले क्रमशः आर्थिक क्रियाकलाप बढ्दै गएको बताए । ‘घरजग्गा र शेयर कारोबार बढ्न शुरु गरेको छ । चैत्रमसान्तसम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनरसंरचना गर्ने अवधि दिइएको छ । घट्दो व्याजदरले विविध कारणले बैंकको ऋण तिर्न नसकेको व्यसायीलाई राहत दिनेछ ।’–अर्थमन्त्री महतले पत्रकार सम्मेलनमा भने । अर्थ मन्त्रालयले निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेको अधिकांश दायित्व व्यवस्थापन गरिसकेको दाबी गरे ।

रेमिट्यान्स हालसम्मकै उच्च रुपमा भित्रिरहेको बताउँदै अर्थमन्त्री महतले अब अर्थतन्त्र चलायमान बनाउने गरी पुँजीगत खर्च बढाउन प्राथमिकता दिइएको बताए । अन्तर्राष्ट्रिय निकायबाट जुनसुकै परियोजनामा अनावश्यक ऋण लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यको आधारमा मात्र ऋण परिचालन गरिएको बताए । कर प्रणालीमा सुधारका लागि उच्च स्तरीय समिति गठन गरेर नयाँ कराधार विस्तार र राजस्व चुहावट नियन्त्रणमा चालेको ठोस कदमस्वरुप राजस्वमा सुधार हुँदै गएको अर्थमत्री महतले जानकारी दिए ।

अर्थमन्त्री महतले पुँजीगत खर्चको वृद्धि दर ६ प्रतिशत रहेको जानकारी दिँदै उनले भन्सार महसुल १३ प्रतिशत, मूल्य अभिवृद्धि कर ७ दशमलब १९ प्रतिशत र आयकर १२ प्रतिशत तथा समग्र कर राजस्व ७ दशमलब ५७ प्रतिशतले वृद्धि भएको बताए ।

हाल अर्थतन्त्रलाई देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिविम्वित गराउने, खर्चमा मितव्ययीता अपनाएर सरकारी लगानीमा विद्यमान अवरोधहरु फुकाउने, पश्चिम क्षेत्रमा आएको भूकम्पबाट प्रभावितहरुलाई तत्काल राहत र ध्वस्त संरचनाको छिटो पुरनसंसचना गर्ने र युवाहरुलाई स्वदेशमै रोजगारीमा अवसरी दिएर आर्थिक वृद्धि हासिल गरिने बताए ।

Published Date: 13 December 2023








ताजा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित सबै पदाधिकारीको सामूहिक राजीनामा
बिहिबार नेप्से परिसूचक ५.७३ अंकले घट्यो
सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्मको बाटो बनाउने काम सम्पन्न
मनोहरा नदीको धार परिवर्तनले ११५ रोपनी जग्गा सरेको, मिलान प्रक्रिया अघि बढ्दै








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा