“बालेन र मेरो काम गर्ने शैली एउटै छ, म कडा छु !” : मेयर हर्क साम्पाङ

“बालेन र मेरो काम गर्ने शैली एउटै छ, म कडा छु !” : मेयर हर्क साम्पाङ : Icon Khabar

काठमाडौं, मंसिर २७ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राजधानीको भ्रमणका क्रममा काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहसँग भेट गरेका छन् । भेटका क्रममा सम्पाङले मेयर शाहलाई भदगाउँले टोपी लगाइदिए ।

मंगलबार प्रधानमन्त्रीलाई भेट्न आएका साम्पाङले मेयर शाहलाई खुकुरी क्रस लगाएको कालो टोपी लगाइदिएका थिए । मेयर शाहले सम्पाङलाई शान्तिको प्रतीक बुद्धको प्रतिमा प्रदान गरेका थिए ।

रमाइलो वातावरणमा दुई मेयरबीचको सौहार्दपूर्ण भेटलाई धेरैले राम्रो मानेका छन् । अनौठो कार्यशैलीका कारण परिचित यी प्रतिष्ठित मेयरहरुको भेटपछि सामाजिक सञ्जालमा धेरै सकारात्मक प्रतिक्रियाहरु आएका छन् ।

‘बालेन र हर्कको जोडी सधै रहिरहोस्’ सामाजिक सञ्जालमा प्रवेश विष्टले लेखेका छन् । “यी दुई आशाका किरणहरू हुन्।”

भेटपछिको एक अन्तर्वार्तामा साम्पाङले भने, “बलेन र मेरो काम गर्ने शैली एउटै छ, म कडा छु!”

Published Date: 13 December 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने