“बालेन र मेरो काम गर्ने शैली एउटै छ, म कडा छु !” : मेयर हर्क साम्पाङ

“बालेन र मेरो काम गर्ने शैली एउटै छ, म कडा छु !” : मेयर हर्क साम्पाङ : Icon Khabar

काठमाडौं, मंसिर २७ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राजधानीको भ्रमणका क्रममा काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहसँग भेट गरेका छन् । भेटका क्रममा सम्पाङले मेयर शाहलाई भदगाउँले टोपी लगाइदिए ।

मंगलबार प्रधानमन्त्रीलाई भेट्न आएका साम्पाङले मेयर शाहलाई खुकुरी क्रस लगाएको कालो टोपी लगाइदिएका थिए । मेयर शाहले सम्पाङलाई शान्तिको प्रतीक बुद्धको प्रतिमा प्रदान गरेका थिए ।

रमाइलो वातावरणमा दुई मेयरबीचको सौहार्दपूर्ण भेटलाई धेरैले राम्रो मानेका छन् । अनौठो कार्यशैलीका कारण परिचित यी प्रतिष्ठित मेयरहरुको भेटपछि सामाजिक सञ्जालमा धेरै सकारात्मक प्रतिक्रियाहरु आएका छन् ।

‘बालेन र हर्कको जोडी सधै रहिरहोस्’ सामाजिक सञ्जालमा प्रवेश विष्टले लेखेका छन् । “यी दुई आशाका किरणहरू हुन्।”

भेटपछिको एक अन्तर्वार्तामा साम्पाङले भने, “बलेन र मेरो काम गर्ने शैली एउटै छ, म कडा छु!”

Published Date: 13 December 2023


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर