हमास–इजरायल द्वन्द्व सुरु भएपछि प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार चार सय नाघ्यो

हमास–इजरायल द्वन्द्व सुरु भएपछि प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार चार सय नाघ्यो : Icon Khabar

काठमाडौं, मंसिर २७ । गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार चार सय पुगेको प्यालेस्टाइनले जनाएको छ ।

अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व सुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार चार सय नाघेको हो । साथै मंगलबार वेस्ट बैंकको जेनिन शहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली सेनाले मंगलवार जेनिन शहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो । धेरै घण्टासम्म चलेको सैन्य कारबाहीमा चार जनाको मृत्यु भएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 December 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने