पदक तथा विभूषणमा मापदण्ड बनाउने सरकारको निर्णय

पदक तथा विभूषणमा मापदण्ड बनाउने सरकारको निर्णय : Icon Khabar

काठमाडौँ, माघ ५ । मन्त्रिपरिषद् बैठकले पदक तथा विभूषण वितरणबारे पनि मापदण्ड बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पदक तथा विभूषण वितरण गर्दा हुने कमीकमजोरी सच्याएर आवश्यक मापदण्ड बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराईन।

शर्मा मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएकी थिईन। बुधबारको बैठकले शर्मालाई सरकारको प्रवक्ताको रुपमा नियुक्त गरेको छ। यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रवक्ताको जिम्मेवारीमा थिए। सञ्चारमन्त्री नै सरकारको प्रवक्ता रहने परम्परा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 January 2023
Website | + posts