सन् २०२२ आलियाको लागि उत्कृष्ट वर्ष

सन् २०२२ आलियाको लागि उत्कृष्ट वर्ष : Icon Khabar

काठमाडौँ, माघ ५ । बलिउड अभिनेत्री आलिया भट्टका लागि सन् २०२२ उत्कृष्ट रहृयो । उक्त वर्ष उनले अभिनय गरेका सबै फिल्म बक्स अफिसमा सुपरहिट भएका छन् । यसबाहेक २०२२ को सुरुमा आलियाले रणवीर कपूरसँग विवाह गरे । सोही वर्ष अभिनेत्री आमा बनिन् र उनले २०२२ मै हलिउड उद्योगमा काम गर्ने मौका पनि पाइन् । आलिया यसै हलिउडमा पनि डेब्यु गर्ने तयारीमा छिन् । आलिया अभिनित हलिउड डेब्यू फिल्म हार्ट अफ स्टोनको रिलिज मिति घोषणा पनि गरिएको छ ।

केही समय अगाडि आलिया भट्टले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा भिडियो शेयर गरेकी छन्, जसमा नेटफ्लिक्समा सन् २०२३ मा रिलिज हुने हलिउड फिल्म र सिरिजको प्रदर्शन मिति घोषणा गरिएको देखाइएको छ । यी मध्येमा आलियाले आफ्नो हलिउड डेब्यू फिल्म हार्ट अफ स्टोनको मिति सार्वजनिक गरेकी छन् । २ मिनेट २८ सेकेन्डको सो भिडियोमा १६ फिल्म र सिरिजको रिलिज मिति घोषणा गरिएको छ । भिडियोपछि ब्याकग्राउन्डमा म्युजिकसहित सबै फिल्मका छोटो क्लिप शेयर गरिएको छ । ८ नम्बरमा फिल्म ‘हार्ट अफ स्टोन’ को क्लिप सेयर गरिएको छ, जसमा आलिया भट्टको झलक पनि देखाइएको छ ।

योसँगै रिलिज मिति पनि सार्वजनिक भएको छ । यो फिल्म ११ अगस्टमा नेटफ्लिक्समा रिलिज हुनेछ । यस फिल्ममा आलिया एक्सन अवतारमा देखिने छिन् । ‘हार्ट अफ स्टोन’मा आलियाले केया धवनको भूमिका निर्वाह गरेकी छन् । फिल्मको मुख्य अभिनेत्री गैल गैडोट र जेमी डोर्ननको दमदार अभिनय देख्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने