सन् २०२२ आलियाको लागि उत्कृष्ट वर्ष

सन् २०२२ आलियाको लागि उत्कृष्ट वर्ष : Icon Khabar

काठमाडौँ, माघ ५ । बलिउड अभिनेत्री आलिया भट्टका लागि सन् २०२२ उत्कृष्ट रहृयो । उक्त वर्ष उनले अभिनय गरेका सबै फिल्म बक्स अफिसमा सुपरहिट भएका छन् । यसबाहेक २०२२ को सुरुमा आलियाले रणवीर कपूरसँग विवाह गरे । सोही वर्ष अभिनेत्री आमा बनिन् र उनले २०२२ मै हलिउड उद्योगमा काम गर्ने मौका पनि पाइन् । आलिया यसै हलिउडमा पनि डेब्यु गर्ने तयारीमा छिन् । आलिया अभिनित हलिउड डेब्यू फिल्म हार्ट अफ स्टोनको रिलिज मिति घोषणा पनि गरिएको छ ।

केही समय अगाडि आलिया भट्टले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा भिडियो शेयर गरेकी छन्, जसमा नेटफ्लिक्समा सन् २०२३ मा रिलिज हुने हलिउड फिल्म र सिरिजको प्रदर्शन मिति घोषणा गरिएको देखाइएको छ । यी मध्येमा आलियाले आफ्नो हलिउड डेब्यू फिल्म हार्ट अफ स्टोनको मिति सार्वजनिक गरेकी छन् । २ मिनेट २८ सेकेन्डको सो भिडियोमा १६ फिल्म र सिरिजको रिलिज मिति घोषणा गरिएको छ । भिडियोपछि ब्याकग्राउन्डमा म्युजिकसहित सबै फिल्मका छोटो क्लिप शेयर गरिएको छ । ८ नम्बरमा फिल्म ‘हार्ट अफ स्टोन’ को क्लिप सेयर गरिएको छ, जसमा आलिया भट्टको झलक पनि देखाइएको छ ।

योसँगै रिलिज मिति पनि सार्वजनिक भएको छ । यो फिल्म ११ अगस्टमा नेटफ्लिक्समा रिलिज हुनेछ । यस फिल्ममा आलिया एक्सन अवतारमा देखिने छिन् । ‘हार्ट अफ स्टोन’मा आलियाले केया धवनको भूमिका निर्वाह गरेकी छन् । फिल्मको मुख्य अभिनेत्री गैल गैडोट र जेमी डोर्ननको दमदार अभिनय देख्न सकिनेछ ।

Published Date: 19 January 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय