काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु

काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु : Icon Khabar

काठमाडौँ, माघ ५। चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म उडानको अनुमति नदिएको कारण रोकिएको काठमाडौँ –बेइजिङ सिधा उडान पुनः सुरु भएको छ । हिमालयन एयरलाइन्सले उक्त उडान मंगलबारदेखि पुन: सुरु गरेको हो।

सो एयरलाइन्सका अनुसार अब साताको एक दिन उडान बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा गर्ने जनाएको छ। चिनियाँ नयाँ वर्षको उत्सव र बिदाको समय चलिरहेकाले काठमाडौँ–बेइजिङ उडानले नेपालको पर्यटन र व्यापारको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 January 2023
Website | + posts