पाकिस्तानी सेनाको आधार शिविरमा बम आक्रमण, २३ जनाको मृत्यु

पाकिस्तानी सेनाको आधार शिविरमा बम आक्रमण, २३ जनाको मृत्यु : Icon Khabar

पाकिस्तान, मंसिर २६ । पाकिस्तानी सेनाको आधार शिविरमा मंगलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ ।

परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दे बिहानको समयमा आक्रमण भएको बताएका छन् ।

उहाँका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरु सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भए तापनि, मृतृककहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ ।

विस्फोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गराउदा अन्य २७ जना घाइते भएको समेत बताइएको छ । विस्फोटको कारण शिविरका तीनवटा कोठा भत्किएका छन् भने भग्नावशेषबाट शव निकाल्ले कार्य भइरहेको छ । मृतकको सङ्ख्या बढ्ने आकँलन गरिएको छ ।

बिहानको २ः३० मा हमला शुरु गरेको तालीवानसँग सम्बद्ध तेहरिक ए जिहाद समूहले जनाएको छ । सन् २०२१ मा तालिवान सत्तामा फर्किएदेखि पाकिस्तान –अफगानिस्तानका सीमा क्षेत्रमा आक्रमणमा वृद्धि भएको छ ।

अमेरिकी सेना फिर्ता भएदेखि छेमेकी विद्रोही उत्साहित भएको विश्लेषकहरुले बताउदै आएका छन् । पकिस्तानी द्वन्द्व सुरक्षा अध्ययन संस्थाका अनुसार गत वर्ष तथा २०२३ को सुरुवाती चरणको तुलनामा पछिल्लो समयमा द्वन्द्व झण्डै ८० प्रतिशतले वृद्धि भएको देखिएको छ ।

इस्लामाबादले आक्रमणकारी समूह सीमापारीबाट परिचालित भएको आरोप लगाएको छ । यद्पि सो आरोप तालिबान सरकारले निरन्तर अस्वीकार गरिरहेको छ । घटना बारे पाकिस्तानी सेनाले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । – रासस/एएफपी

Published Date: 12 December 2023
ताजा
नेपालको पर्यटन क्षेत्रमा नयाँ संकटमा, बुकिङहरू धमाधम रद्द
बेटिङ एप २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारको पत्राचार
आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो
सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता