भक्तपुरको नलिन्चोकमा निर्माण भएको नयाँ हेलिप्याडमा गरियो डेमो उडान

हेलिकप्टर उडानहरु नलिन्चोकमा स्थानान्तरण गर्ने उड्डयन प्राधिकरणको योजनामा

भक्तपुरको नलिन्चोकमा निर्माण भएको नयाँ हेलिप्याडमा गरियो डेमो उडान : Icon Khabar

भक्तपुर, मंसिर २६ । भक्तपुरको सुर्यविनायक नगरपालिका नलिन्चोकमा रहेको नयाँ हेलिप्याड निर्माण सम्पन्न भएर आज डेमो उडान गरिएको छ ।

प्राधिकरणको करिब ११ करोड ९० लाख लागतमा आर्थिक वर्ष २०७९/८० को साउनको १ गतेबाट सुरु गरी २०८० असार मसान्तमा सम्पन्न भएको उक्त हेलिप्याडमा आज डेमो उडान गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नलिन्चोकमा हेलिकप्टर सञ्चालनको महत्त्वपूर्ण भागलाई छिट्टै स्थानान्तरण गर्ने तयारीमा रहेको छ।

मुख्यगरी काठमाडौंको पूर्व तिरको हेलीपोर्टमा क्षमता भन्दा बढी हेलिकप्टरहरु राख्ने गरिएको र त्यहाँ सुरक्षाको दृष्टिकोणबाट खतरा भएकोले एक वर्ष पहिला ३८ वटा हेलिकप्टर मध्ये २४ वटा हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने र १४ वटा चाँहि काठमाडौंबाट बाहिर राख्ने निर्णय भएको थियो ।

Published Date: 12 December 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न