एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित

एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित : Icon Khabar

काठमाडौं, मंसिर २६ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले भारतसामु जितका लागि ५३ रनको सामान्य लक्ष्य दिएको थियो ।

भारतले विना विकेट ७.१ ओभरमा भारतले लक्ष्य पुरा गरेको हो। भारतका लागि अरसिन कुलकर्नी ४३ र आदर्श सिंहले १३ रन बनाए।

युएईको दुबइस्थित आइसिसी एकेडेमी ओभल–२ मैदानमा टस हारेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो। खेलको आरम्भदेखि नै नेपालले भारतसामु निकै दबाबमा ब्याटिङ गरेको थियो। नेपालका कुनै पनि खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन्। नेपालले २२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनाएको थियो। नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि हेमन्त धामीले आठ, दीपक बोहोराले सात, दीपेश कँडेलले चार तथा आकाश चन्दले अविजित चार रन बनाएका थिए।

नेपाली पारीलाई न्यून स्कोरमा समेट्ने क्रममा भारतका राज लिमबानीले सात विकेट लिनुभयो। उनले नौ दशमलव एक ओभर बलिङ गर्ने क्रममा तीन मेडन राख्दै मात्र १३ रन खर्चिए सात विकेट लिएका हुन्। यस्तै आराध्य शुक्लाले दुई तथा अरसिन कुलकर्नीले एक विकेट लिए। । भारतले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 December 2023
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो