झम्सिखेलमा प्रहरीद्वारा गोली चलाएर एक जना लागुऔषधसहित पक्राउ

झम्सिखेलमा प्रहरीद्वारा गोली चलाएर एक जना लागुऔषधसहित पक्राउ : Icon Khabar

काठमाडौँ, मंसिर २६ । प्रहरीले ललितपुरको झम्सिखेलबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झम्सिखेलबाट उदयपुरका अविनाश राईलाई लागुऔषध ‘आइस ड्रग’ सहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिने क्रममा प्रहरीलाई राईले आक्रमण गर्न खोजेपछि प्रहरीले १ राउन्ड गोलीसमेत चलाएर उनलाई नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए ।

राईको साथबाट आधा किलो आइस ड्रग बरामद भएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका राईमाथि आवश्यक छानिबन भइरहेको पनि एसपी रेग्मीले जानकारी दिए ।

Published Date: 12 December 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर