प्रधानमन्त्री कप काठमाडौं र भैरहवामा हुने

प्रधानमन्त्री कप काठमाडौं र भैरहवामा हुने : Icon Khabar

काठमाडौँ, मंसिर २६ ।  छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता काठमाडौं र भैरहवामा आगामी माघमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले माघ पहिलो साता काठमाडौं र भैरहवामा हुने जनाएकोछ ।

क्यानका सचिव पारस खड्काले रुपन्देही जिल्ला क्रिकेट संघलाई पत्र काट्दै पिएमकपका ८ देखी १० खेलहरु भैरहवामा हुने हुँदा मैदानको तयारी गर्न आग्रह गरेका छन् । यो पटक देखी पिएमकप राउन्ड रोविनको आधारमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीहरु हुनेछन् ।

हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । एक टोलीले लिगमा ९ खेल खेल्नेछन् । पिएमकप पहिलो पटक राउन्ड रोविनको आधारमा हुन लागेको हो । यसअघि १० टोलीलाई दुई समूहमा विभाजन गर्दै खेलाउँदै आएको थियो ।

सेमिफाइनल दुई दिवसीय र फाइनल तीन दिवसीय शैलीमा हुने भएको छ । अर्थात सेमिफाइनलका खेल दुई दिनको हुनेछ । फाइनल तीन दिनको हुनेछ । सेमिफाइनल र फाइनल डे शैलीमा हुने क्यानले जनाएको छ ।

Published Date: 12 December 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न