प्रधानमन्त्री कप काठमाडौं र भैरहवामा हुने

प्रधानमन्त्री कप काठमाडौं र भैरहवामा हुने : Icon Khabar

काठमाडौँ, मंसिर २६ ।  छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता काठमाडौं र भैरहवामा आगामी माघमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले माघ पहिलो साता काठमाडौं र भैरहवामा हुने जनाएकोछ ।

क्यानका सचिव पारस खड्काले रुपन्देही जिल्ला क्रिकेट संघलाई पत्र काट्दै पिएमकपका ८ देखी १० खेलहरु भैरहवामा हुने हुँदा मैदानको तयारी गर्न आग्रह गरेका छन् । यो पटक देखी पिएमकप राउन्ड रोविनको आधारमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीहरु हुनेछन् ।

हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । एक टोलीले लिगमा ९ खेल खेल्नेछन् । पिएमकप पहिलो पटक राउन्ड रोविनको आधारमा हुन लागेको हो । यसअघि १० टोलीलाई दुई समूहमा विभाजन गर्दै खेलाउँदै आएको थियो ।

सेमिफाइनल दुई दिवसीय र फाइनल तीन दिवसीय शैलीमा हुने भएको छ । अर्थात सेमिफाइनलका खेल दुई दिनको हुनेछ । फाइनल तीन दिनको हुनेछ । सेमिफाइनल र फाइनल डे शैलीमा हुने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 December 2023
Website | + posts