स्टुडेन्टस् बुक फेयरको बारेमा अध्यक्ष दिनेश प्रधानसँगको आइकन संवाद

स्टुडेन्टस् बुक फेयरको बारेमा अध्यक्ष दिनेश प्रधानसँगको आइकन संवाद : Icon Khabar
भक्तपुर बुक क्लबका अध्यक्ष दिनेश प्रधान

भक्तपुर, माघ ४। भक्तपुरमा यहि मिति २०७९ साल माघ ५ गते देखि ७ गतेसम्म भक्तपुर बुक क्लबको आयोजनामा हुन लागेको स्टुडेन्टस् बुक फेयरको बारेमा क्लबका अध्यक्ष दिनेश प्रधानसंग आइकन खबर डट कमले गरेको कुराकानीमा आधारित प्रश्न उत्तर :

१. पछिल्लो समयमा भक्तपुर बुक क्लबको बारेमा धेरै चर्चा भईरहन्छ । सर्वप्रथम यस कल्बको छोटो परिचय दिनुहोस।
– भक्तपुर बुक क्लब किताबलाई माया गर्ने र पुस्तक अध्ययन गर्न रुचाउनेहरुको समूह हो । यसले मासिक रुपमा विगत एक वर्ष देखि अन्तरसंवाद नामको अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।

२. स्टुडेन्टस् बुक फेयरको आयोजना हुन लागेको छ, यसको सोच कसरि आएको हो ? कुन उद्देश्यले भक्तपुर बुक क्लबले यो बुक फेयर आयोजना गरेको हो?
– हामीले लेखकसंग अन्तरसंवाद नामले पठन संस्कृतिवारे कार्यक्रम गरि रहदा उपस्थित दर्शक, युवा अझै विद्यार्थीहरु कम मात्रै पायौँ । यसले हामीलाई विद्यार्थी र युवाहरु पुस्तकबाट टाढा भएको हो की भन्ने लागेको छ र विद्यार्थीहरुलाई नै ध्यानमा राखेर विशेष कार्यक्रम गर्ने उद्देश्यले यो हुँदैछ ।

३. विकसित प्रविधिसंगै आजभोलिका विद्यार्थीले अनलाईन मार्फत पठन पाठन गर्ने बानी बसालिरहेको अवस्थामा यस बुक फेयरको आकर्षण कस्तो हुने पाउनुभएको छ ?
– प्रविधि मैत्री हुने नाममा हामी डिजिटल ग्याजेटहरुको अघोषित रुपमा दास हुँदैछौँ । युवा र विद्यार्थी मात्रै होइन अभिभावक समेत यसमा अछुटो रहेन । हामीले पुस्तकको साथै अन्य सृजनात्मक कार्यक्रमहरु पनि सँगै गदैछौ र विद्यर्थीहरुको राम्रो उपस्थिती हुनेमा आशावादी छौँ ।

प्रविधि मैत्री हुने नाममा हामी डिजिटल ग्याजेटहरुको अघोषित रुपमा दास हुँदैछौँ

४. यस बुक फेयर कुन उमेर समूहलाई आधार मानेर आयोजना गर्दै हुनुहुन्छ ?
– पुस्तकहरु विद्यर्थी र अभिभावक माझ आम पुस्तक प्रेमीहरुलाई ध्यानमा राखेर प्रकाशकहरुका पुस्तक स्टलहरु रहेका छन तर कार्यक्रमहरु भने विद्यार्थी लक्षित रहेका छन् ।

५. यस बुक फेयरका आकर्षण हरु के के हुनेछन?
– पुस्तक त यसको मुख्य आकर्षण नै भैहाल्यो । त्यसका साथै विद्यर्थीहरु बीचको पुस्तक संवाद , कविता गोष्ठी,बालबालिकाको पोषणबारे , अभिभावक शिक्षा, बालबालिकाको लाइभ कार्टुन क्यारिकेचर , बाल चलचित्र प्रदर्शनी , नेवारी खाजाको योमरी स्टल , चित्रकला तथा मूर्तिकला कार्यक्रमका आकर्षण हुन् ।

६. यस पुस्तक मेला मार्फत भक्तपुर बुक फेयरको अपेक्षा के रहेको छ ?
– युवा र विद्यार्थीहरु माझ पठन संस्कृतिको विकाश नै हाम्रो अपेक्षा रहेको छ । विद्यर्थीहरुले अझैँ सृजनशिल काममा सहभागी होस भन्ने हाम्रो चाहना हो ।

७. यस मेलामा कुन कुन ठाउँबाट र कति जनाको सहभागिता रहने अपेक्षा गर्नुभएको छ ?
– भक्तपुर, ठिमी र बनेपाका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थी, अभिभावक एव पुस्तक प्रेमीहरु सहभागी हुने आशा गरेका छौं । आफैले भेटेरै वा कति ठाउँमा पत्राचार गरेरै सहभागी हुन अनुरोध गरेका छौं ।

८. भक्तपुर बुक क्लबले आगामी दिनको लागि कस्ता खालका योजनाहरु बनाएको छ ?
– हाम्रा नियमित अन्तरसंवाद कार्यक्रम जारी नै रहने छ । साथै भविष्यमा लेखन सम्बन्धि कार्यशाला गोष्ठी र केही विद्यार्थीहरु लक्षित साहित्यिक प्रतियोगिता गर्ने हाम्रो योजना रहेको छ ।

Published Date: 18 January 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता