जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट

जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट : Icon Khabar

जाजरकोट, मंसिर २५ । जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार सात सय २५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ ।

जाजरकोट भूकम्पले जिल्लाभर रु पाँच करोड ४१ लाख ४२ हजार एक सय ७२ बराबरका पशुपन्छीको क्षति भएको छ । जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।

खाद्यान्न भण्डारण गर्न आग्रह

कृषि क्षेत्रमा जोडिएका अधिकांश मानिस अन्यत्र काममा पनि सम्लग्न हुनुपर्ने भएकाले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न समस्या हुने हो कि भन्ने चिन्ता थपिएको छ । खेतबारी लगाएको अन्नबाली भएको ठाउँमा अस्थायी टहरादेखि त्रिपाल टाँग्ने काम भएकाले खाद्यान्न उत्पादनमा कमी आउने जनाइएको छ । जिल्लाको बारेकोट गाउँपालिका बर्सेनि खाद्यान्न अभाव हुने क्षेत्र हो । जिल्ला प्रशासन कार्यालयले खाद्यान्न जोहो गरेर भण्डारण गर्न आग्रह समेत गरेको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 December 2023


ताजा
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो
आइतबार सुनको मूल्यमा उच्च बढोत्तरी


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी