सोमबार नेप्से परिसूचकमा १५.४० अंकको गिरावट

सोमबार नेप्से परिसूचकमा १५.४० अंकको गिरावट : Icon Khabar

काठमाडौँ, मंसिर २५ । सोमबार नेप्से परिसूचक १५.४० अंक घटेर १९४८.५७ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ।

आज कारोबार रकम भने उल्लेख्य बढेको छ। यस दिन ३०३ स्टकको १ लाख ९ हजार ९१८ पटकको कारोबारमा ४ अर्ब ८४ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड ४६ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि आज तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त र डोल्टी पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आज हाथवे इन्भेष्टमेन्ट कम्पनी, इन्फिनिटी लघुवित्त र मानुषि लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको समता घरेलु लघुवित्तको शेयरमूल्य भने यस दिन सर्वाधिक ७.१५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २५ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। आज म्युचुअल फण्ड उपससमूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक आज सर्वाधिक २.०९ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 December 2023


ताजा
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी