विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्री थानीलाई परराष्ट्रमन्त्रीको आग्रह

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्री थानीलाई परराष्ट्रमन्त्रीको आग्रह : Icon Khabar

काठमाडौँ, मंसिर २५ । कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटको क्रममा गाजा क्षेत्रबाट हमासको नियन्त्रणमा रहेको भनिएका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्री थानीलाई परराष्ट्र मन्त्रीले विशेष आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भेटमा दुईपक्षबीच सहयोग, व्यापार र लगानीका विषय, कतार फण्ड फर डेभलपमेन्टमार्फत् सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानका साथै विपिन जोशीको रिहाइका विषयम कुराकानी भएको मन्त्रालयले सामाजिक संजालमा एक्समा उल्लेख गरेको छ ।

जवाफ प्रधानमन्त्रीले विपिनको रिहाईका लागि सवै उपाय जारी राखिने बताउनु भएको मन्त्रालयले जनाएको छ ।

विपिन गत असोज २० गतेदेखि हमास समूहको कब्जामा छन्। हमासकै आक्रमणमा परी इजरायलमा १० नेपालीको ज्यान गएको थियो।

Published Date: 11 December 2023
Website | + posts




















ताजा
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा आमनेसामने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक