भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा किलोकै रू १८० पुग्यो

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा किलोकै रू १८० पुग्यो : Icon Khabar

काठमाडौँ, मंसिर २५ । एक साता अघि प्रतिकिलो १२० रुपैयाँमा पाइने प्याज अहिले १८० रुपैयाँ पुगेको छ । प्याजको मूल्य किलोमा नै ६० रुपैयाँले बढेको छ ।

भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको मुल्य एकाएक आकासिएको हो । भारतको विदेश व्यापार महानिर्देशनालयले शनिबारदेखि लागु हुने गरी चैत दोस्रो साता (३१ मार्च २०२४) सम्मका लागि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको मूल्य नेपालमा अचाक्लि बढेको हो ।

उपभोक्ताहरु भन्छन्, ‘प्याज काट्दा मात्र आउने आँसु अब प्याज किन्दा पनि आउने अवस्था आयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 December 2023
Website | + posts